@अर्जुन प्रधान
गितले धेरै कुरा भन्न सक्छ, खासगरी जब त्यो गीत देशको माटो र पहिचानसँग जोडिएको हुन्छ। यही अनुभूति बोकेर सार्वजनिक गरिएको छ चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत, जसले सिरसिर बतासमा फर्फराएको नेपाली झण्डाको सौन्दर्य र स्वाभिमान दर्शकको मनसम्म पुर्याउँछ।
जरसिंह पौवास्थित साँगा चोकको भीड र दृश्यले रंगिएको गीतमा २०० भन्दा बढी राष्ट्रिय झण्डाहरू प्रयोग गरिएका छन्। ती झण्डा केवल दृश्य सजावट होइनन् — ती नेपालीपनको आत्मा बनेर पर्दामा बगेका छन्।
गीतमा देखिने विजय बराल, रोशन श्रेष्ठ, आयुशा समाल, विल्सन विक्रम राई, मित्र प्रधान र बुद्धि तामाङ को अभिनयले गीतलाई भावना मात्र होइन, गहिरो सन्देश दिएको छ। उनीहरूका भाव र हाउभाउमा केवल अभिनय मात्र होइन, आफ्नै माटोको गर्व देखिन्छ।
गीतको नृत्य निर्देशन कविराज गहतराज ले गरेका छन् भने कमल रसाइलीको आवाज, विकास चौधरीको संगीत, र शंकर अधिकारी घायलको शब्द संयोजनले गीतलाई काव्यमय बनाएको छ।
असार २७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ नेपाली भाषाको शुद्धता, साहित्यको सम्मान, र राष्ट्रियताको सन्देश बोकेको फिल्म हो। मित्र प्रधान (नर) को निर्देशनमा बनेको चलचित्रमा ज्ञान बहादुर प्रधान (रोशन) को निर्माण रहेको छ।

फिल्मको दृश्य सजावटदेखि संवाद, कोरियोग्राफीदेखि VFX सम्म सबै पक्षमा गहिरो अध्ययन र मेहनत झल्किएको छ।
सामाजिक सञ्जालमा भाइरल बन्दै गएको यो गीतले नेपाली दर्शकमाझ राष्ट्रिय चेतना पुनः एकपटक जगाउने प्रयास गरेको छ। ‘यो मन त मेरो नेपाली हो’ अब केवल एउटा फिल्म रहेन, यो हामी सबै नेपालीको मनको आवाज बन्ने संकेत देखिँदैछ।
गीत हेर्न यहाँ क्लिक गर्नुहोस्: भिडियो हेर्नुहोस्https://youtu.be/IDZd0LxPEKc
