करातेमा इरानको बद्ला तिर्न भूटानी खेलाडी सफल

0
1871

भूटानलाई तेस्रो अन्तराष्ट्रिय इमास च्याम्पियनशीपमा ४ गोल्ड मेडल प्राप्त


१४ साउन २०७५
दमक/यस अघि पहिलो एशियन ओपन च्याम्पियनशीप कराते टुर्नामेन्टमा इरानसँग हार व्यहोर्दै चौथो स्थानमा चित्त बुझाउँन बाध्य भएको भूटानले यस पटकको खेलमा बद्ला लिन सफल भएको छ ।
तेस्रो इनटरनेशनल मार्शलाट संस्थान भारत राजिस्थान जयपुरको आयोजनामा भएको तेस्रो अन्तराष्ट्रिय मार्शालट च्याम्पियनशीप टुर्नामेन्टमा बदला लिने मौका पाएको हो ।
भूटानी शरणार्थी शिविर वेलडाँगी र स्थानीय क्षेत्रबाट गएका भूटान कराते महासंघका खेलाडीले ४ गोल्ड सहित इरानलाई हराएर तेस्रो स्थान प्राप्त गरेको महासंघका प्रशिक्षक डम्बर मुखियाले बताउनु भयो ।
गत २८ र २९ तारिखमा भएको प्रतियोगितामा भारतले २१ गोल्ड, ११ सिल्भर, १२ काँस्य, र नेपालले १३ गोल्ड, ५ सिल्भर, ७ काँस्य सहित दोस्रो स्थानमा आएको इमासका प्रमुख हेमन्त जेमलाई उधृत गर्दै भूटान कराते महासंघका प्रशिक्षक मुखियाले बताउनु भयो । ११ वटा देशबाट सहभागी १६ सय ५० खेलाडीहरुबीचमा भएको प्रतिष्पर्धामा ८ जनको संख्यामा शरणार्थी शिविरबाट गएका भूटानी खेलाडीले ४ वटा गोल्ड र ३ वटा कास्य सहित तेस्रो स्थान हासिल गर्नु भनेको ठूलो उपलव्धी भएको प्रशिक्षक मुखियाले बताउनु भयो । प्रतियोगितामा भूटानका तर्फबाट दिपा तामाङ, विशाल सुनुवार, प्रनिशा नेपाल र भरत मगरले गोल्ड मेडल प्राप्त गरेको भूटान कराते महासंघले जानकारी दिएको छ ।
भूटानको प्रतिनिधित्व गर्दै खेल प्रतियोगितामा सहभागी हुन गएका भूटानी शरणार्थी शिविर वेलडाँगीका खेलाडीहरु भोलि आईपुग्ने बताइएको छ । यस अघि दर्जनौं खेलमा भूटान कराते महासंघले पटक पटक उत्कृष्टता प्राप्त गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here