नेपालका भाइरल बाल गायक अशोकको गीतमा एड्रिनाले यसरी गरिन् नृत्य

0
2691

यूट्यूव हेरेर नृत्य गर्न सिकेकी भाइरल एड्रिनाको नृत्य भाइरल बन्यो

१५ साउन २०७५/डिकेश लामा
सिक्किम/थाहा थिएन उनलाई एकै रातमा आफू बसेको स्टेटमा भन्दा धेरै नागरिकले आफ्नी छोरीको कलालाई हेरिन्छ भन्ने कुरा ।
गएको जुलाई महिनाको १४ तारिखका दिन राती ११ बजेर १९ मिनेटमा पोष्ट गरेको छोरी एड्रिनाको छोटो नृत्यले एकै रातमा आफू बसेको स्टेटका जनसंख्या भन्दा धेरैले हेर्छन् भन्ने कुरा चन्दा प्रधानले कहिले सोच्नु भएको थिएन । टाइगर जिन्दा है हिन्दी चलचित्रको कच्चि डोरीयों डोरियों बोलको अतिफ आस्लमको स्वर, विशाल र शेखको संगीतमा तयार गरिएको गीतमा गरिएको छोटो नृत्यले विजय र चन्दा प्रधानकी जेष्ठी सुपुत्री एड्रिना प्रधानलाई रातारात चर्चामा ल्यायो । उनको यो भिडियो पोष्ट गरेको केही दिन भित्रैमा भारतको सिक्किम स्टेटमा रहेका करिव ६ लाख हाराहारीका नागरिकहरु भन्दा १० गुणा धेरैले हेरिकसेका छन् । हालसम्म भारतका चर्चित केही संचार माध्यमले समेत एड्रिनाको कलाको प्रशंसा गर्न थालेका छन् । एड्रिनाको चर्चाले अमेरिकाबाट संचालित ग्लोवल पोष्ट टिभीलाई समेत ध्यानाकार्षण गर्यो । त्यसैले हाम्रो टिम भारतको सिक्किम स्टेट ग्यान्टोक तर्फ हुकियौं ।
रंगीत र टिष्टाको समिश्रण नदि टिष्टालाई किनारमा राखेर बनाइएको सडकबाट हिड्दा एक किसिमको रमाइलो दृष्यहरुले बाटो पार गरिएको थाहै नपाईदो रहेछ ।
पूर्व सिक्किमको मेट्रो प्वाइन्टमा अवस्थित ट्याडोङ सिनियर सेकेण्डरी स्कूलमा कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत १७ बर्षीय एड्रिनाले नेपालमा भर्खरै चर्चामा रहेका बाल गायक अशोक दर्जीको गीतमा समेत आफूलाई फरक तरिकाले नृत्य गर्न मन लागेको बताउनु भयो । बाल गायक अशोकको फ्यान समेत रहनु भएकी एड्रिनाले गीतको पहिलो स्थायीमा यसरी नृत्य गर्नु भयो । नृत्य सम्बन्धी कुनै औपचारिक कोर्स नगरेकी एड्रिनाले यूट्यूवबाटै नृत्य गर्न सिकेको बताउनु भयो । एड्रिनाको केही नृत्य हामीले सिक्किमको ह्वाइट हल नजिक गार्डेनमा क्याप्चर गर्न भ्यायौं ।

यूट्यूव हेरेर नृत्य गर्न सिकेकी भाइरल एड्रिनाको नृत्य भाइरल बन्यो
नेपालको बाल गायक अशोकको गला मन पर्छ
औपचारिक नृत्य कक्षा कहिं पनि नसिकी भाइरल बनेकी एड्रिनालाई
केही दिनैमै उनको जन्मस्थान भारतको सिक्किमको
जनसंख्या ६ लाख भन्दा १० गुणा बढीले हेरिसकिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल मार्फत नराम्रा क्रियाकलापहरु धेरै भईरहेका छन् भनिरहेको अवस्थामा केही राम्रा र उदारणीय कार्य समेत हुन थालेका छन् । सन् १९७९ मा टम ट्रसकोट र जिम एलिस्ले शुरुवात गरेको युजनेट न्यूज ग्रुपले थालनी गरेको सामाजिक सञ्जाल वास्तवमा भन्ने हो भने सन् २००४ मा लन्च भएको फेसबुक मार्फत धेरै चर्चा र परिचर्चा आएको छ । सन् २००५ मा लन्च भएको यूट्युवले थप सामाजिक सञ्जालको विकासमा अझ ठूलो फड्को मार्न मदत पुर्याएको छ ।
सन् २००८ पछि फेसबुकको ह्वात्तै बढेको प्रसिद्धीका कारण आज विश्वका एक तिहाई मानिसहरु एक क्लिकको भरमा संसार भर फैलैने मौका पाएका छन् ।
यदपि मानिसहरु यति ठूलो संचार माध्यममा सकरात्मक कुराहरुलाई छाडेर धेरै जसोले समाजलाई असर पर्ने नराम्रा कुराहरु अपलोड गरिरहेका समेत हुन्छन् । तर पछिल्लो समय सामाजिक सञ्जाल मार्फत धेरै राम्रा कुराहरु समेत हुन थालेका छन् ।
यस बखत सामाजिक सञ्जालले राष्ट्रलाई सचेत गर्ने देखि लिएर अशक्त अपाङ्गहरुको सहयोगमा समेत उल्लेख्यनीय भूमिका निर्वाह गरेको छ भन्न सकिन्छ । यति मात्र नभएर कतिपय लुकेका प्रतिभाहरुलाई समेत समाजिक सञ्जालमा ल्याएर विश्वभरी चिनाउने र उनीहरुको कलाको सम्मान तथा प्रस्फुटन गराउने कार्य समेत सामाजिक सञ्जालबाट हुन थालेका छन् । त्यसै शिलशिलामा ग्लोवल पोष्ट टिभीले फरक प्रतिभाकी किशोरी एड्रिना प्रधानको कलालाई थप उजागर गर्ने प्रयासमा यो भिडियो स्टोरी तयार पारिएको छ ।
भारतको पूर्वी सिक्किम ग्यान्टोक निवासी एड्रिनाको यो भिडियो स्टोरी हेरेर यहाँहरुले थप सल्लाह, सुझाव र प्रतिकृया दिनु भयो भने हामीलाई भावी दिनमा अझ अगाडि बढेर समाजको सकरात्मक परिवर्तनमा सहयोग पुग्ने विश्वास गर्दछौं ।
तपाईको सल्लाह, सुझाव र एक शेयरले पक्कै पनि प्रतिभाको कदर हुने कुरामा दुई मत छैन ।
यस भिडियो स्टोरीमा प्रयोग भएका गीतकार तथा संगीतकारलाई विशेष धन्यवाद जसको कारण १७ बर्षीय एड्रिनाको कला उजागर हुने मौका पाएको छ । साथमा छायांकनमा सहयोग गर्नु हुने एड्रिनाका बुबा आमा विजय र चन्दा प्रधानलाई पनि विशेष धन्यवाद ।
ग्लोवलपोष्ट टिभी परिवार

See video story by GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here