२६ बर्ष देखि भूटानी शरणार्थी बसोबास क्षेत्र बेलडाँगी १ खाली हुँदै

0
2809

२६ बर्ष देखि भूटानी शरणार्थी बसोबास क्षेत्र बेलडाँगी १ खाली हुँदै

१४ साउन २०७५
दमक/झापको दमक वडा नं. २ मा पर्ने भूटानी शरणार्थी शिविर वेलडाँगी १ खाली हुनेक्रम अन्तिम अवस्थामा पुगेको छ । भूटानी शरणार्थी शिविर वेलडाँगी १ लाई २ र ३ मा स्थान्तरण गर्ने कार्य अन्तिम अवस्थामा पुगेको हो । हंसे दुम्से सामुदायिक बन क्षेत्रमा विगत २६ बर्ष देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीहरुलाई बेलडाँगी २ र ३ मा स्थानान्तरण गर्न थालेको सो क्षेत्र खाली हुने अवस्थामा पुगेको छ ।
बेलडाँगी १ मा अव ३० देखि ३५ घर परिवार मात्र सर्न बाँकी रहेको शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइलीले जानकारी दिनु भयो । केही समय अघि शुरु भएको स्थानान्तरणबाट २ सय २५ घर परिवार बेलडाँगी २ र ३ को पुरानो खाली तथा नयाँ छाप्रामा सरेको बताइएको छ ।
सन् २००७ देखि शुरु भएको तेस्रो मुलुक पुर्नवास भए पछि पछिल्लो समय भूटानी शरणार्थी शिविर वेलडाँगी १ मा ७ सय ७४, २ र ३ मा ३ हजार ९ सय ४ र पथरी शनिश्चरेमा १ हजार ४ सय ६३ गरी दर्ता भएका हाल ६ हजार १ सय ४३ जना भूटानी शरणार्थीहरु मात्र नेपालमा बसोवास गर्दै आएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । यता यस बाहेक दर्ता हुन बाँकी रहेका १ हजार ७ सय ४१ जना रहेको राहतबाट बन्चित शरणार्थीहरुले दावी गर्दै आएका छन् ।
रवि चिसापानी सडकखण्डको आसापास क्षेत्रमा पर्ने बेलडाँगी १ मा हंसे दुम्से सामुदायिक बनको ४५ हेक्टर क्षेत्रफल भूटानी शरणार्थीबाट उपभोग हुँदै आएको बनले बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here