१३ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाईको निर्णय दिन बस्ने भनिएको आइतबारको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएसँगै अनेकौ आशंका सुरु भएका छन् । शैक्षिक योग्यताको प्रमाणपत्रमा विवादमा परेपछि संसदीय सुनुवाईकै क्रममा रहेका जोशीलाई समितिका अधिकांश सदस्य अनुमोदन नगर्ने मुडमा पुगेका छन । स्रोतका अनुसार विवादित छबिका जोशीलाई अनुमोदन गरेर सुनुवाईलाई औपचारिकता मात्र बनाउने बिगतको परम्परा तोड्नुपर्ने पक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरु देखिएका छन । १५ सदस्यीय समितिमा नेकपाका ९ जना सदस्य छन भने संघीय समाजवादी फोरमका एक जना सदस्य छन । कांग्रेस र राजपा नेपाल बिपक्षमा रहेपनि दुई तिहाई सदस्यले जोशीको नाम अस्विकृत गर्ने सम्भावना बढेर गएको स्रोतले बताएको छ । समितिबाट जोशीलाई अस्विकृत गराएर बदनाम गराउनु भन्दा आफै राजिनामा दिन समेत कतिपय नेताहरुले सुझाएको बुझिएको छ । जोशीलाई के गर्ने भन्नेबारे नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा कांग्रेस सभापति शेरवहादुर देउवाबीच पनि आइतबार विहान संयुक्त संवाद भएको स्रोतले बताएको छ यद्यपी यसलाई आधिकारिक रुपमा कसैले पनि पुष्टि भने गरेको छैन । तर जोशीको सुनुवाईको निर्णय दिन आइतबार बस्ने भनिएको बैठक सदस्यहरुको अनुपस्थितिको कारण देखाउँदै रोकिएपनि समितिमा रहेका नेकपाकै सांसदहरुले एक मतको धारणा बनाउने अपरान्ह बैठक बसेको बुझिएको छ । तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजिनामा दिएसँगै गत चैत्रदेखि कायममुकायम प्रधानन्यायाधीशको भूमिकामा रहेका जोशीको गत बिहिबार सुनुवाई भएको थियो । बिहिबार नै सुनुवाई सकिएकाले शुक्रबारदेखि नै सुनुवाईको निर्णय गर्न बस्ने भनिएको बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
ताजा पोष्ट
“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक
@ अर्जुन प्रधान
भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ।
भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो।
प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो।
शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...
‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...
अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...