१३ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बिकासले कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने भएकाले यसको प्रबर्द्धनमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल लगायत तीन जना सहकारी अभियान्तालाई नेपाल कम्युनिष्ट पार्टी प्रवेश गराउँदै ओलीले यस्तो बताउनुभएको हो । सरकारले भू-उपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको बृद्धि गर्ने जानकारी दिनुभयो । संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद रहेकी मल्लले कांग्रेसमा प्रजातान्त्रिक अभ्यास सकिएकाले ने.क.पा मा प्रवेश गरेको बताएकी छन । मल्लका साथमा सहकारी अभियान्ताहरु विजयसुन्दर खड्का र रीता बराल पनि ने.क.पा प्रवेश गरेका छन् ।
ताजा पोष्ट
“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक
@ अर्जुन प्रधान
भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ।
भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो।
प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो।
शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...
‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...
अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...