१३ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बिकासले कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने भएकाले यसको प्रबर्द्धनमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल लगायत तीन जना सहकारी अभियान्तालाई नेपाल कम्युनिष्ट पार्टी प्रवेश गराउँदै ओलीले यस्तो बताउनुभएको हो । सरकारले भू-उपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको बृद्धि गर्ने जानकारी दिनुभयो । संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद रहेकी मल्लले कांग्रेसमा प्रजातान्त्रिक अभ्यास सकिएकाले ने.क.पा मा प्रवेश गरेको बताएकी छन । मल्लका साथमा सहकारी अभियान्ताहरु विजयसुन्दर खड्का र रीता बराल पनि ने.क.पा प्रवेश गरेका छन् ।
ताजा पोष्ट
९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकामा सम्पन्न
डेनभर : ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ...
नेपाली सांस्कृतिक उत्सव ‘DT FEST 2026’ को घोषणा
अर्जुन प्रधान
एशबर्न, भर्जिनिया
डिसी, म्यारिल्याण्ड र भर्जिनिया (DMV) क्षेत्रकै सबैभन्दा ठूलो नेपाली सांस्कृतिक उत्सवका रूपमा परिचित दशैँ–तिहार महोत्सव ‘DT FEST 2026’...
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु डेनभर : वृह्त तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सुरु भएको छ...












