गलत उद्देश्यबाट निर्देशित पैसा रोकिन्छः प्रधानमन्त्री

0
658

१३ साउन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत उदेश्यबाट प्रेरित भई नेपालमा भित्रने पैसा रोकिने बताएका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीचका जनबर्गीय संगठनको एकता कार्यक्रम अन्तरगत इन्जिनियर संगठनको एकता घोषणामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ललितपुरमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने – ‘गलत उद्देश्यका साथ गलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन त्यसकै लागि नेपाल भित्रने पैसा अब नियमन हुन्छ त्यसलाई उद्देश्य किटान गरेर बैंकमार्फत मात्र आउने व्यवस्था मिलाइनेछ ।’ प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा ढिलाई नगर्न र गुणस्तरीय काम गर्न इञ्जनियरहरुलाई आह्वान गरेका छन् । दुइ संगठनबीचको एकतापछि गठन भएको प्रोगेसिभ इञ्जिनियरिङ एसोसिएसन नेपाललाई बधाई समेत दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here