सरकार र डा.केसीबीचको बार्ता सफल, केसीको अनसन २७ दिनमा स्थगित

0
754

१० साउन, काठमाडौं । डा.गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएसँगै केसीको १५ औं पटकको अनसन २७ औं दिनमा स्थगित भएको छ । सहमति अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन्। आशयपत्र पाएकाले पनि कि उपत्यका बाहिर खोल्नुपर्ने वा सरकारलाई बेच्नुपर्ने सहमति भएको छ।  यसअघि दिउँसै भएको भनिएको सहमति काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदामा सरकारी पक्ष सहमत नभएपछि भाँडिएको बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here