पाकिस्तान चुनावः आफ्नो दल बिजयी भएको इमरान खानको दाबी

0
914
तस्बिरःरोयटर्स

१० साउन, काठमाण्डौ । पाकिस्तानमा बुधबार भएको निर्बाचनको मतगणना अन्तिम चरणमा पुगिरहँदा पूर्ब क्रिकेटर इमरान खानले आफ्नो दल पीटीआई बिजयी भएको दाबी गरेका छन । तर विपक्षीहरूले भने धाँधली भएको आरोप लगाएका छन । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका भूतपूर्व प्रधानमन्त्री नवाज शरिफको दल र अन्य साना दलले निर्वाचनमा धाँधली भएको दाबी गर्दै परिणाम अस्वीकार गर्ने बताएका छन्। निर्वाचनको परिणाम औपचारिक रूपमा घोषणा नहुँदै खानले आफ्नो दलले स्पष्ट बहुमत हासिल गरेको दाबी गरेका हुन । एउटा टेलिभिजन अन्तरबार्तामा खानले भने, “हामी सफल भएका छौँ र हामीलाई जनमत प्राप्त भएको छ।” खानले भने पाकिस्तानमा अहिलेसम्म भएकामध्ये यो नै सबैभन्दा स्पष्ट तथा निष्पक्ष निर्वाचन भएको टिप्पणी गरेका छन्। तर धाँधलीका आरोपहरूबारे छानबिन गरिने उनले बताएका छन्। यो समाचार तयार पार्दासम्म संसद्को कुल २७२ स्थानका लागि भएको निर्वाचनमा ४९ प्रतिशत केन्द्रको मत गनिँएको छ । जहाँ खानको दल पीटीआईले १२० स्थानमा अग्रता लिएको जुन बहुमत प्राप्त गर्नुपर्ने सिट संख्या भन्दा १७ सिट मात्र कम हो । झन्डै १० करोड ६० लाख मतदाता रहेको पाकिस्तानमा ५० देखि ५५ प्रतिशत मतदान आंकलन गरिएको एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सन् १९९२ मा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व गर्दै विश्वकप जिताएका खानले आफ्नो पुरानो ‘सेलेब्रिटी प्लेब्वाई’को छविलाई निकै पहिला त्यागेका थिए। तर निर्वाचन अभियानमा उनलाई पाकिस्तानी सेनाले गरेको भनिएको हस्तक्षेपबाट फाइदा पुगेको आरोप लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here