फेरी भाँडियो सरकार र डा.केसीको बार्ता

0
732

१० साउन, काठमाडौं । बिहिबार दिउँसो नै मिलेको भनिएको डा.गोविन्द केसी र सरकारको कुरा पुनः भाँडिएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ पटकको अनसनमा रहेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच बिहीवार भएको भनिएको ९ बुँदे सहमति पुन भाँडिएको हो ।  सरकार र केसी पक्षको वार्ता टोलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बुँदै सहमति भएको भनिए पनि अन्तिम समयमा आएर त्यो रद्द भएको छ । डा. केसीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदालाई सहमति पत्रमा उल्लेख गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको बताइएको  छ । केसी पक्षको वार्ता टोलीले बिहीवार अपराह्न त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदामा सरकारी पक्ष सहमत नभएकाले वार्ता भाँडिएको बताएको छ । अन्तिम समयमा सहमति रद्द भएपछि डा.केसीको २७ दिनदेखिको अनसन अझै जारी छ । झण्डै एक महिनादेखिको अनसनका कारण डा.केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here