केन्द्र सरकारमा मन्त्रालयका संख्या २२, कृषि मन्त्रालयलाई फुटाइयो

0
1080

१० साउन, काठमाडौं । केन्द्र सरकारमा मन्त्रालयको संख्या २२ पुगेको छ । बिहिबारको मन्त्रीपरिषद् बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएसँगै मन्त्रालयको संख्या २२ पुगेको हो । बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई अलग अलग बनाएको हो । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यस्तै बैठकले प्रेस काउन्सिल नेपाललाई मिडिया काउन्सिल बनाउने तयारी गरेको छ । त्यसका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको मन्त्री बास्कोटाले जानकारी दिए । बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेशकुमार त्रिपाठी र सदस्यमा किशोरप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here