बाटो निर्माणमा लापार्वाही हुँदा यात्रुलाई समस्या

0
1741

झापाको पहिलो सिमावर्ती सडकमा सरोकारवालाको ध्यान पुगेन
१९ असार २०७५/डिकेश लामा
दमक/भारतको सिमा क्षेत्रसँग जोडिने झापाको पहिलो सिमावर्ती कालो पत्र सडक योजना सहि तरिकाले काम नहुँदा यात्रुहरुलाई समस्या परेको छ । बाटोमा माटो पुरेर थुपारेको ग्राभेल समेत नविछ्याउँदा सो सडक भएर हिड्ने यात्रु तथा यातायतलाई समस्या परेको हो । झापामा पहिलो सिमावर्ती सडक योजना अन्तर्गत अल्टावारी गौरीगञ्ज पाडाजुँगी सडक निर्माण १ बर्ष अघि २०७४ असार २९ गते सम्झौता गरी काम शुरु गरिएको हो । निर्माण सम्झौता भएको १ बर्षसम्म बाटोमा माटो पुर्ने र ग्राभेल विछ्याउने काम समयमा नबन्दा बाटो हिल्याम्मे बने पछि अहिले यातायत र यात्रुलाई समस्या परेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
बाटो निर्माणमा ढिलाई र लापार्वाही भएको कारण अहिले गाडी कुदाउन नसकेर बैकल्पिक मार्ग भएर हिड्नु परेको पमोद दाहालले बताउनु भयो । बाटो हिल्यामे भए पछि यातायत नचल्दा अति आवश्यक एम्बुलेन्स समेत चल्न सकेको छैन ।
बाम्ती निर्माण सेवा प्रालिले भ्याट सहित १० करोड ६३ लाख ९३ हजार ३ सय ३९ रुपयाँमा ठेक्का लिएर शुरु गरिको सडक लथालिङ्ग र दयनीय अवस्थामा छोडेकोले निर्माण पक्षलाई पटक पटक सम्पर्क गर्दा सम्पर्क नगरी अटेर गरेकोल दैनिक १ हजार देखि १५ सय मानिस र यातायत समस्यामा परेको गौरीगञ्ज गाऊँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।
तर यता सडक निर्माण कार्य जिम्मा दिने पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय दमकका इन्जिनियर दिपेन्द्र चौधरीका अनुसार माटो र ग्राभेल यो आर्थिक बर्षसम्म सक्ने योजना भएको बताउनु भयो । चौधरीका अनुसार बर्खामा यात्रु तथा यातायत संचालनमा ल्याउने समेत बताउनु भयो ।
आगामी २०७७ साल भदौ २९ गते सक्नु पर्ने ७ मिटर लम्बाई ७ मिटर चौडाइको सडक अल्टाबारी देखि हुक्काबारी चौक सम्मका केही भाग करिव २ किलोमिटर जति सडक अति हिल्याम्मे भएको छ । सडक हिल्याम्मे भए पछि गौरीगञ्ज र खजुर गाछीमा लाग्ने हटियामा आउने भारतीय ग्राहक तथा व्यवसायीहरु समेतको संख्यामा प्रभाव परेको छ । दक्षिण झापाको आठमौजा छोटी भन्सार क्षेत्रको व्यवसामा समेत प्रभाव परिरहेको सो सिमावर्ती सडकखण्ड निर्माणमा सरोकारवालाले ध्यान दिनु पर्ने स्थानीय बासिन्दाहरु बताउँछन् ।

 video report by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here