चोरी भएको मोटर साइकल सहित दुई जना पक्राऊ

0
2678

यो बर्ष चोरी भएको १७ मध्ये ११ समातियो
१९ असार २०७५/डिकेश लामा
दमक/मोटर साइकल चोरी गरी भारत लगेर विक्री गर्ने दुई जनालाई पक्राऊ गरी चोरी गरिएको मोटर साइकल सहित आज सार्वजनिक गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमकले आज पत्रकार सम्मेलन गर्दै मेची नगरपालिका वडा नं. १० बस्ने १८ बर्षीय राज रसाईली र भारतको जैगाऊँ राममाटी वडकोठी लाइन बस्ने १८ बर्षीय अभिशेख मिन्ज उरावलाई सार्वजनिक गरेको हो । सम्मेलनमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले दमक वडा नं. ६ बस्ने रोशन पाण्डेले ६ दिन अघि मे ९ प ५९० नम्बरको २२० सीसी पस्लसर मोटर साईलक चोरी भएको भनी दिएको उजुरीको आधारमा खोजि गर्दा मोटर साइकल सहित पक्राउ गरिएको बताउनु भयो । पक्राउ परेका दुईजनाले काँकडभिट्टा पुल देखि करिव ३ किलो मिटर उत्तरदेखि भारत तर्फ मोटरसाइकल लाँदै गरेको अवस्थामा पक्राउ गरिएको बताइएको छ । यस्तै दमक वडा नं. ५ का सूर्यबहादुर न्यौपानेले गएको १० गते चोरी भएको २२० सीसीको पल्सर वाइक उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकटभिट्टाको सहयोगमा भारतको पानीट्याँकीमा फेला पारी ल्याइएको प्रनानि गिरीले बताउनु भयो ।
यस आर्थिक बर्ष भित्र मात्र दमक क्षेत्रबाट हराएका भनिका १७ वटा मोटर साइकल मध्ये ११ वटा फेला पारी ६ वटा सम्बन्धित बाइक धनीलाई बुझाएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । बाइक चोरी गर्ने ९ जना गिरोहलाई पक्राउ गरी आवश्यक कार्वाही अगाडि बढाइएको समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here