विश्वकप फुटबलः अन्तिम ८ टोलिको निधो, शुक्रबारदेखि क्वाटरफाइनल

0
1081

२० असार, काठमाण्डौ । विश्वकप फुटबलको क्वाटर फाइनल समिकरण पूरा भएको छ । प्री-क्वाटरफाइनलका सबै खेल मंगलबार सम्पन्न भएसँगै क्वाटर फाइनल समिकरण पनि तय भएको हो । उपाधि उचाल्ने सपनाका साथ रुस पुगेका ३२ देशमध्ये अनपेक्षित नतिजाका साथ कतिपय देशले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन । जर्मनी, पोर्चुगल, स्पेन, अर्जेन्टिनाजस्ता टोली अन्तिम आठ अगाबै बाहिरिएको बिश्वकपमा अब फ्रान्स, उरुग्वे, बेल्जियम, ब्राजिल, स्विडेन, कोलम्बिया, कोएसिया र इंल्याण्ड बाँकी छन ।  अब क्वाटरफाइनल खेल शुक्रबारदेखि हुनेछ ।

फ्रान्स भर्सेस उरुग्वे

मंगलबार राति अन्तिम आठको टुंगो लागेसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब शुक्रबारदेखि क्वाटरफाइनल खेल सुरु हुनेछन । शुक्रबार हुने क्वाटरफाइनल खेलमा फ्रान्स र उरुग्वे तथा ब्राजिल र बेल्जियम प्रतिस्पर्धा गर्नेछन् । पहिलो क्वाटरफाइनल अन्तरगत फ्रान्स र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

अर्जेन्टिनालाई ४ – ३ ले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको फ्रान्स र पोर्चुगललाई  २ – १ ले हराउँदै क्वाटरफाइनलसम्म आइपुगेको उरुग्वेबीचको खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अर्जेन्टिनाबिरुद्धको खेलमा सनसनी मच्चाएका फ्रान्सेली स्ट्राइकर एम्बापे र पोर्चुगलबिरुद्ध आक्रामक देखिएका उरुग्वेका काभेनीबीचको खेल हेर्न लायक हुनेछ । खेलमा फ्रान्स हाबी हुने बिश्लेषणहरु भएपनि उसलाई उरुग्वेको डिफेन्स चिर्न अर्जेन्टिनाको जस्तो सहज नहुने आंकलनहरु भइरहेका छन ।

ब्राजिल भर्सेस बेल्जियम

शुक्रबार नै हुने दोस्रो क्वाटरफाइनल खेलमा ब्राजिल र बेल्जियम आमनेसामने हुँदैछन । बिस्तारै लय समाउँदै आएको ब्राजिल र अन्तिम ८ का लागि जापानबिरुद्ध संघर्षपूर्ण जित निकालेको बेल्जियमबीचको खेल रोचक हुनेछ ।

ब्राजिलले मेक्सिकोलाई अन्तिम १६ मा २–० ले पन्छाउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्दा नायक बनेका नेइमारलाई रोक्न बेल्जियमलाई त्यति सहज नहुने ठानिएको छ । यस्तै एसियाली देश जापानको क्वाटरफाइनल सपना ३ -२ ले चकनाचुर पार्दै अन्तिम ८ मा ब्राजिलसँगको भेट तय गरेको बेल्जियमले समुह चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि प्री-क्वाटरफाइनलमा खेल खस्काएको भन्दै यसमा ब्राजिल हाबी हुने बिश्लेषण भएका छन ।

यद्यपी चोटग्रस्त मार्सेलो र कमजोर डिफेन्सको फाइदा बेल्जियमले नलेला भन्नेमा पनि बिश्लेषकहरु विश्वस्त छैनन् ।

स्विडेन भर्सेस इंग्लाण्ड

अपत्यारिलो पुनरागमनका साथ अन्तिम ८ को यात्रा तय गरेको स्विडेन र अन्तिम समयमा लय गुमाउँदै आएको इंग्ल्याण्डबीचको खेल शनिबार हुनेछ ।

पहिलो चरणबाटै जर्मनीलाई घर फर्किएको जर्मनिलाई आच्छु/आच्छु पारेको स्विडेनले ब्राजिललाई बराबरीमा रोक्ने स्विजरल्याण्डलाई प्री-क्वाटरफाइनलमा पराजित गर्दै अन्तिम ८ को स्थान सुरक्षित गरेको हो । इंग्ल्याण्ड भने सुरुवाति खेलमा उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम समयमा लय गुमाउँदै गएको टोली हो । पानामाबिरुद्ध ६ – १ जित निकालेर रुस विश्वकपमा सानदार सुरुवात गरेको इंग्ल्याण्डले प्री-क्वाटरफाइनलमा भने कमजोर मानिएको कोलम्बियासँग पेनाल्टिको साहारा लिनुपर्यो ।

अर्थात कोलम्बियालाई पेनाल्टिमा ४ -३ ले हराउँदै अन्तिम ८ मा स्थान सुरुक्षित गरेको इंग्ल्याण्ड स्विडेनसँगको खेलमा कमजोर हुनसक्ने आंकलनहरु भइरहेका छन् ।

रुस भर्सेस क्रोएसिया

शनिबार हुने अन्तिम क्वाटरफाइनल खेलमा नसोचेको परिणाम निकालिरहेको आयोजक रुस र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकप खेल्ने ३२ देश मध्ये बरियतामा सबैभन्दा पुछारमा रहेको आयोजक रुसले जारी विश्वकपमा सबैलाई चकित पार्दै आएको छ ।

अन्तिम १६ मा ८ वर्षअघिको विश्व विजेता स्पेनलाई पाखा लगाउँदै क्वाटरफाइनल यात्रा तय गरेको रुस अझै अनपेक्षित नतिजालाई निरन्तरता दिने सुरमा हुनेछ । समूह चरणमा अर्जेन्टिनालाई ३ – ० ले हराउँदै सनसनी मच्चाएको क्रोएसिया रुसबिरुद्ध हाबि हुने स्वाभाविक अनुमान भइरहेका छन । तर अन्तिम ८ को यात्रा तय गर्दा डेनमार्कसँग पेनाल्टिसम्म पुगेको क्रोएसीयालाई अस्वभाविक नतिजा निकाल्दै आएको रुस टाउँको दुःखाई बन्ने निश्चित प्रायः छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here