क्वारेन्टाईनको जाँचमा कम्जोरी

0
902

सँुघेर र हेरेर पशु,पंक्षीजन्य उत्पादन बस्तुको गुणस्तर मापन गरिँदै
१९ असार २०७५/डिकेश लामा
दमक/भारतबाट प्रवेश गर्ने पशु, पंक्षी, पशु जन्य उत्पादन तथा सामाग्रीहरु जाँच गर्न राखिएको पशु क्वारेन्टाइन कार्यालय खजुरगाछीले जाँच मेशिनको अभावमा सही तरिकाले चेक नगरी छाड्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
नेपाल सरकार कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय पशु सेवा विभाग पशु निर्देशनालय माताहत संचालित क्वारेन्टाइन कार्यालय खजुरगाछीमा ३ जना कर्मचारी रहँदै आएको भनिए पनि कार्यालय सहयोगीको भरमा काम कार्वाही हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । क्वारेन्टाइन कार्यालयमा जाँचचेक गर्ने तरिका कम्जोर भएकोले भारतमा विक्री नभएका गुणस्तरहीन माछा लगायतका बस्तुहरु नेपाल भित्रने गरेको स्थानीय बद्रि यादवले बताउनु भयो । मेशिन नभएकोले माछा, मासु हेरेर, सुँघेर पठाउने गरेको कार्यालयका कर्मचारी शुभनारायण यादवले फोन मार्फत जानकारी दिनु भयो । कार्यालयले खासगरी हटियाको दिन शनिबार र बुधबार सातामा दुई पटक मात्र जाँचचेक गर्ने र बाँकी दिन खासै सामाग्री नआउने भन्दै जाँच चेक नगर्ने कार्यालयकी सहायक ललिता प्रसाईंले बताउनु भयो ।
तर यता स्थानीय बासिन्दाका अनुसार हटिया बाहेक अन्य दिन पनि सामानहरु आउने गरेको जानकारी दिएका छन् । पछिल्लो समय नयाँ नयाँ भाइरस र फ्लूले पटक पटक संक्रमण गर्दै आएका नेपालमा क्वारेन्टाइन कार्यालय गर्ने गरेको लापार्वाहीले थप रोग भित्रन सक्ने खतरा रहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । देशभर रहेका २४ वटा क्वारेन्टाइन कार्यालय मध्ये धेरै स्थानमा मेशिनको नभएकोले गुणस्तर बस्तु आयतमा समस्या भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here