दमकमा एकै दिन छुट्टाछुट्दै दुई पुस्तक विमोचन

0
2787

१६ असार २०७५
दमक/ झापाको दमकमा आज एकै दिन छुट्टा छुट्दै कार्यक्रममा दुई पुस्तक विमोचन भएका छन् ।
झापाको दमकमा लामो समय साहित्य क्षेत्रमा कार्य गर्दै आएको संस्था प्रतिभा निकेतनले आज एक औपचारिक कार्यक्रमबीच १५ औं अंक सार्वजनिक गरेको छ ।
प्राज्ञ दधिराम सुवेदीको प्रमुख आथित्यमा भएको कार्यक्रममा प्रा.डा. गोपाल भण्डारी, प्रा.डा. गोविन्दराज भट्टराई, सांसद अर्जुन राई, प्राज्ञ विवश पोखरेल, सरला चापागाईं लगायतले साहित्य सृजनाले समाजमा पारेको प्रभावबारे बोल्नु भयो । निकेतनका अध्यक्ष मेघराज तिम्सिनाको सभापतित्वमा दमक क्याम्पसमा भएको कार्यक्रममा नेपाली साहित्य र समाजका अग्रणीहरुको उपस्थिति रहेको थियो ।
यस्तै यता शव्द छिम झापाको आयोजनामा अर्को एक गजल कृति स्मृति लोकार्पण गरिएको छ । पाँचथर जिल्लामा जन्म भई हाल दमकका स्थायी बासिन्दा महिला लेखक रचना लावतीको छैटौं कृतिको रुपमा गजल संग्रह विमोचन गरिएको साहित्यकार आयोजक सहयोगी अनिश्चित सुव्बाले बताउनु भयो । लेखक तथा कलाकार टंक विकल्पको प्रमुख आथित्यमा दमकको एसजी होटलमा भएको कार्यक्रममा सेमेमी नाल्वो, कृष्ण उदासी, शिव रेग्मी प्रणत लगायतले पुस्तकबारे बोल्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here