फ्रान्स बिश्वकप फुटबलको क्वाटरफाइनलमा, अर्जेन्टिना ४ – ३ ले पराजित

0
1143

१६ असार, काठमाण्डौ । साबिक उपबिजेता अर्जेन्टिनालाई चार – तीन गोल अन्तरले हराउँदै फ्रान्स रुसमा चलिरहेको बिश्वकप फुटबलको क्वाटरफाइलनमा प्रवेश गरेको छ । शनिबाट सुरु भएको दोस्रो चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनाबिरुद्ध शानदार जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो । खेलको १३ औं मिनेटमा पेनाल्टिमा एन्टानिओ ग्रिजम्यानको गोलसँगै अग्रता लिएको फ्रान्सले अरु तीन गोल दोस्रो हाफमा गरेको थियो ।

पहिलो हाफको ४१ औं मिनेटमा एन्जल डि मारियाको गोलमार्फत खेलमा फर्किएको अर्जेन्टिनाले दोस्रो हाफको सुरुवातमै अग्रता त लियो तर त्यसलाई जोगाउन सकेन । ग्राबियल मेर्काडोले ४८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । दोस्रो गोलपछि डिफेन्समा चुकेको अर्जेन्टिनाले त्यसपछि सम्हालिएर प्रदर्शन गर्न नसक्दा अरु तीन गोल खाँदै खेल फ्रान्सलाई सुम्पियो ।

फ्रान्सका तर्फबाट बेन्जामिन पबार्डले खेलको ५७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसलगत्तै आक्रामक भएको फ्रान्सले क्यालियन मब्बाप्पेको २ गोलको मद्दतमा खेल जित्यो । पब्बाप्पेले ६४ औं र ६८ औं मिनेटमा लगाएको गोलसँगै फ्रान्सको जित लगभग सुनिश्चित भएको थियो । यद्यपी अर्जेन्टिनाले खेलको अन्तिम समयसम्म पनि खेलमा फर्कने कोशिस भने जारी राख्यो । अतिरिक्त समयको ९३ औं मिनेटमा सर्जियो एग्विरोले गोल गरेपछि खेलमा फर्कने आशा जगाएको अर्जेन्टिनाका लागि त्यसलगत्तै समय बाधक बन्यो । अर्थात अतिरिक्त समयको ह्विसेल लाग्दै गर्दा फ्रान्ससँग ४ – ३ को गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले रुस विश्वकपको यात्रा टुंग्याएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here