पराराष्ट्र मन्त्री ज्ञवालीको चुरो कुरो आफ्नै श्रीमतीबाट खुल्यो (हेर्नुहोस भिडियो सहित)

0
2552

विवाह गरेको ३१ बर्षसम्म ज्ञवालीले विवाह दर्ता समेत गरेनन्

१६ असार २०७५/डिकेश लामा
दमक/ बर्तमान पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको श्रीमति सरस्वती ज्ञवालीले विवाह गरेको ३१ बर्षसम्म कानुनी मान्यता नलिएको कुरा आज खुलासा गर्नु भएको छ । नेपाली राजनीति क्षेत्रमा अग्र श्रेणीमा आउने नाम मध्ये जीवित नेता मध्ये प्रदिपकुमार ज्ञवालीको नाम पनि आउने गर्छ । नेकपा एमाले पार्टीको केन्द्रिय सदस्य देखि जिम्मेवार पद सचीव सम्म चलाउनु भएको छ । नेपालमा शान्ति सुव्यवस्था ल्याउन संवाद समितिमा रहेर जिम्मेवारिता पनि पुरा गरी सक्नु भएको छ । ज्ञवालीले यस अघि सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय समेत समालिसक्नु भएको छ ।
बर्तमान सरकारको पराराष्ट्र मन्त्री ज्ञवालीले विवाह गरेको ३१ बर्ष पछि मात्रै कानुनीरुपमा विवाह गरेको भन्ने प्रमाण राखेको उहाँकी धर्मपत्नी सरस्वती ज्ञवालीले बताउँदा कार्यक्रमका सहभागी धेरैले मुखामुख गरेका छन् ।
किन ३० वा ३१ बर्ष सम्म विवाह गरेको समय वित्दा पनि विवाह दर्ता नगरेको भन्ने कवि तथा नेपाली साहित्य समाज उर्लावारीकी अध्यक्ष मिश्र वैज्यन्तिको प्रश्नमा मन्त्रीकी श्रीमति सरस्वतीको उत्तर सुन्दा धेरै महिला साहित्यकार तथा पार्टीका शुभचिन्तकले कान ठाडो पारेका छन् ।
आफ्नै घरभित्र भएको चुरो कुरो बाहिर भन्ने मन्त्रीको पहिलो श्रीमति सरस्वतीले वास्तवमा नढाँटी र सरल तरिकाले पुस्तकमा उतारेको कुरा कार्यक्रमका अगुवा साहित्यकारहरुले बताएका छन् । नेपाली राजनीतिमा भोगे गरेका यथार्थततालाई पुस्तक मार्मत समेट्न सफल भएकी सरस्वती ज्ञवालीको पुस्तक ‘लालटिनको उज्यालोमा’ माथि आज अन्तकृया तथा परिचर्चा गरिएको छ ।
मोरङ्गको उर्लावारीमा भएको सिर्जना अनुशील कार्यक्रममा लेखक ज्ञवालीले आफूले राजनीति, घरायसी र जागिरको शिलशिलामा भोगेका विषयलाई समेटेर लेखेको बताउनु भयो । राजनीति जिवनको क्रममा भोगे, गरेका दुःख,कष्ट र व्यथा समेटेर लेखिएको २ सय ४४ पेजको आत्मा संस्मरण पुस्तकले सवैलाई प्रेरणा दिने खालको भएको कार्यक्रमका समिक्षकहरुले बताएका छन् ।


कार्यक्रममा प्राध्यापक डाक्टर टङ्कप्रसाद न्यौपाने, लेखक मुनराज शेर्मा, प्रकाशक अर्चना थापा, लेखक अनिल पौडेल लगायतले बोल्नु भएको छ । नेपाली साहित्य समाज उर्लावारीको आयोजनामा भएको कार्यक्रममा समाजकी अध्यक्षले पुस्तकबारे लेखकहरुसँग प्रश्न गर्नु भएको थियो । अक्षर क्रिएसन्स नेपालको प्रकाशनमा प्रकाशित पुस्तक भित्र नेपाली राजनीति क्षेत्रमा लामो समय विताउनु भएका नेकपा एमालेका केन्द्रिय नेता तथा बर्तमान पराराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीसँगको राजनीति, पारिवारिक र सन्तानसँगको विताएका महत्वपूर्ण र उर्जाशील क्षणबारे उल्लेख गरिएको लेखक अनिल पौडेलले बताउनु भयो । कार्यक्रममा पुस्तकले खासगरी नेपाली समाजका महिलालाई जिवनमा सफलता प्राप्ती र संघर्षबारे धेरै जानकारी दिने प्रा. डा. न्यौपानेले बताउनु भयो ।
आफ्नो जिवनी कसले पढ्छ भन्ने सोचाई हुँदा हुँदै पनि राजनीति जिवनमा प्रदिप ज्ञवालीलाई चिन्नु पर्छ, सामाजिक जिम्मेवारी भएका मानिसको जिवनी खुल्ला पाना जस्तो हुनु पर्छ भनेर पुस्तक तयार पारेको लेखक सरस्वती ज्ञवालीले बताउनु भयो । ज्ञवालीले पुस्तक लेख्दा धेरै आफ्नै व्यथा लेखेकोले लेख्दाखेरी आँशुसरी भएर लेखेको समेत दावी गर्नु भयो । कार्यक्रममा नेपालका स्थापित साहित्यकार, सामाजिक तथा राजनैतिक अगुवा लगायतको उपस्थिति रहेको थियो ।

See live video by GlobalPostTV

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here