हामी त्यस देशका नागरिकहरू हौं, जहाँ अस्सीको दशकसम्म सेनाको गोली–गठ्ठा बिना–पारिश्रमिक जनताले पिठ्युँमा बोकी दिए । कयौं नागरिकहरूले दुर्गम स्थानहरूमा बाटो खन्दाखन्दै अमूल्य जीवन उत्सर्ग गरे । हामी आफैले देश विकासका नाममा ठूलाठूला भारी, बढेमानका काठ, ढुङ्गा बोक्यौं । वाङ्खचुक वंशीय राजतन्त्र स्थापना गर्न, राष्ट्रको संवर्द्धन र विकासका लागि मुलुकका हरेक नागरिकले सच्चा देशभक्त भएर अहर्निश योगदान दिए ।
हाम्रो विडम्बना ! सन् १९५० मा जन–आन्दोलनका प्रथम नेता महासुर क्षेत्रीलाई निर्दयताकासाथ छालाको धोक्रोमा बन्द गरी सुनकोश नदीमा डुबाइयो । भागीलाल गुरुङ, धनबीर स्याङ्गदेन, बहादुर बल, सहबीर गुरुङ, बलबहादुर गुरुङ, दलबहादुर गुरुङ, लगायत चौबीसजना एकैथलोमा मूला काटिएसरह गिडिए । मकरे पेले, सहविर राईलगायत कयौं सत्याग्राहीले कालकोठरीमै जीवन उत्सर्ग गर्न पर्र्यो । छिमेकीभूमिमा आश्रय लिएका करिब डेढसय परिवारले स्वदेश फर्कन पाउने अधिकार गुमाए । महासुरपछि नेतृत्व लिएका डिबी गुरुङ्ले सन् १९६८ मा राजासित सम्झौता गरी आजीवन मासिक हजार रुपैयाँ लिने शर्तमा जनताको अधिकार दरवारमा सुम्पिएको पीडा सबै भूटानीलाई दुखेको छ ।
हाम्रो विडम्बना ! सन् १९५० मा जन–आन्दोलनका प्रथम नेता महासुर क्षेत्रीलाई निर्दयताकासाथ छालाको धोक्रोमा बन्द गरी सुनकोश नदीमा डुबाइयो । भागीलाल गुरुङ, धनबीर स्याङ्गदेन, बहादुर बल, सहबीर गुरुङ, बलबहादुर गुरुङ, दलबहादुर गुरुङ, लगायत चौबीसजना एकै थलोमा मूला काटिएसरह गिडिए । मकरे पेले, सहविर राईलगायत कयौं सत्याग्राहीले कालकोठरीमै जीवन उत्सर्ग गर्न पर्र्यो ।
पछिल्लोपटक सन् १९९०–९१ को दोस्रो ठूलो जन–आन्दोलनमा मनबहादुर क्षेत्री, गोविन्द मिश्र, सितादेवी मोते, गाले जाङ्गमो, एच.बी.साप्कोटा, पदम प्रसाद ढकाल, धर्मराज गुरुङ, भक्त बहादुर पोखरेल, टिकाराम सुब्बा, गोमछेन कर्मा, मनोज विश्वा, टङ्क पाठकआदि असीभन्दा बढीले सहादत प्राप्त गरे । मधुलाल बुढाथोकी, प्रेम राई, कुमार राई, तेन्जिङ्ग गावा जाङ्पो, लोकनाथ आचार्यआदि दुई सय भन्दा अधिक आफन्तहरूको स्थिति अझैसम्म अज्ञात छ । बाबूराम स्याङ्गदेन र सहबहादुर सिवा घर–फर्कने अभियानमा भारतीय प्रशासनद्वारा मारिए । पूर्णबहादुर तामाङ्ग, नरपति ढुंगेललाई अनाहकमा नेपाल प्रहरीले गोली ठोक्यो । तीन दशकअघि मुलुकबाट गलहत्याएकाहरू करिब एक लाख परभूमिमा पुनस्थापन भइसके । विविध अवरोेध खडा गरी पुनस्थापन हुन रोकिएका, स्वदेश फर्कन लालायित र दर्ता नगरिएका निर्वासितहरूको नेपालस्थित शिविर बसाइ दिनदिनै कष्टकर बन्दै गएको छ ।
यतिकैमा निर्वासितहरूको पीडा समाप्त हुँदैन । स्थापित नेताहरूमध्ये आर.के.बुढाथोकीको जनताकै सामुन्ने हत्या भयो । रण बहादुर बस्नेत र रोङ्गथोङ्ग किन्लेसँगको हाम्रो सामीप्यता नियतीलाई कतै मञ्जुर भएन । तीन दशक लामो निर्वासन बसाइक्रममा हामीमध्ये धेरैले अविभावक, सन्तान, आफन्त, दौंतरी र अनगिन्ती छिमेकीहरू गुमाइ सकका छौं । अनित्य मानव जीवन क्रमगत प्रकृतिमा विलीन हुने भए पनि इतिहास, संघर्ष, दमन र योगदानका साक्षीहरू पालैपिलो जलाइनेक्रमले हाम्रा असली प्रमाणसमेत खरानी भएका छन् । प्रकारान्तरले भावी पुस्ताको कलिलो मष्तिष्कबाट हाम्रो उद्गमस्थलको ऐतिहासिक तथ्यसमेत विस्मृतितर्फ मोडिने चिन्ता बढ्दै गएको परिपे्रक्षमा हाम्रो अभियान जारी रहनु पर्छ भन्नेतर्फ सबैको चासो र विश्वास हुन जरुरी छ । हाम्रो भाषा, परम्परा, संस्कृति, धर्म, राष्ट्र, अस्तित्व संरक्षण र संवर्द्धनका लागि आज जुट्न सकिएन भने कालान्तरमा आफैलाई धिक्कार्न बाहेक अर्को विकल्प साथ रहने छैन ।
जाति र भाषामाथि अतिक्रमण गर्न खोजिनुु मानिसको बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप गरिनु हो । जातीय भाषाले समान मान्यता पाउने हरेक नागरिकको मौलिक अधिकारभित्र पर्दछ । भाषा लोप भयो भने त्यस जातिको अस्तित्व र संस्कृति हराउन समय लाग्दैन ।
स्पष्टतः राष्ट्र बहुभाषीय जन समुदायको एक समष्टि हो । नागरिक स्वतन्त्रताको संरक्षणका लागि अभिव्यक्तिको स्वतन्त्रता चाहिन्छ । हरेकलाई आत्मनिर्णयको अधिकार, मताधिकारको प्रावधान र व्यक्तिगत स्वतन्त्रताको आवश्यकता रहन्छ । एउटै आमाको छातीमा खेल्दै हुर्किएका विविध जातिबीच समानताको भाव जागृत गराउने दायित्व राज्यपक्षको हुन्छ । बहुभाषीय, बहुजातीय र भौगोलिक विविधताको संयोजन रहेकोे मुलुकका जनताको आधारभूत अधिकारहरू राष्ट्रको संविधानभित्र संरक्षित रहनु पर्दछ । यसो नभएको खण्डमा आत्मगौरवकासाथ बाँच्न चाहने हजारौं स्वाभिमानी सचेत नागरिकहरूको हृदयमा प्रतिशोधको ज्वाला उत्पन्न हुन्छ । जब, जब व्यक्तिको स्वतन्त्रतामाथि लगाम हाल्ने प्रयास हुन्छ, उसका अपरिहार्य नैसर्गिक अधिकारमाथि हस्तक्षेप गरिन्छ, तब उन्मुक्तिका लागि मानिसले आफै विद्रोह बोल्छ ।
प्रजातन्त्रको जननी मुलुक ब्रिटेनका शासकको सल्लाहमा नेपाल राजाको समर्थन पाएका लामासमूह, पेन्लोप–जोङ्गपेनहरू र एघारजना दक्षिणका नेपालीभाषी मण्डल–मुख्तियारहरू विशेषतः गर्जमान गुरुङ, जङ्गबहादुर प्रधान, धनवीर बुढा, कीर्तिमान क्षेत्री, बल बहादुर नेपाल, गुमानसिङ्ग थापा, गञ्जबहादुर क्षेत्री, लालवीर तामाङ्ग, पूर्णसिङ्ग कटुवाल, लालसिंग गुरुङ, नन्दलाल क्षेत्रीआदिको प्रयासबाट भूटानमा वाङ्गचुकवंंशीय राजतन्त्र स्थापना भएको इतिहास ताजै छ । तर, तीनै राजतन्त्र स्थापनार्थ अहर्निश खट्नेहरूका हामी वंशज–आफन्तहरू तीन दशकअघि मुलुकबाट गलहत्याइएका छौं ।
प्रजातन्त्रको जननी मुलुक ब्रिटेनका शासकको सल्लाहमा नेपाल राजाको समर्थन पाएका लामासमूह, पेन्लोप–जोङ्गपेनहरू र एघारजना दक्षिणका नेपालीभाषी मण्डल–मुख्तियारहरू विशेषतः गर्जमान गुरुङ, जङ्गबहादुर प्रधान, धनवीर बुढा, कीर्तिमान क्षेत्री, बल बहादुर नेपाल, गुमानसिङ्ग थापा, गञ्जबहादुर क्षेत्री, लालवीर तामाङ्ग, पूर्णसिङ्ग कटुवाल, लालसिंग गुरुङ, नन्दलाल क्षेत्री आदिको प्रयासबाट भूटानमा वाङ्गचुकवंंशीय राजतन्त्र स्थापना भएको इतिहास ताजै छ । तर, तीनै राजतन्त्र स्थापनार्थ अहर्निश खट्नेहरूका हामी वंशज–आफन्तहरू तीन दशकअघि मुलुकबाट गलहत्याइएका छौं । आज हाम्रो पहिचान दुखेको छ । परिवार विछोडिएको छ । जातीय अस्तित्व संकटमा छ । नागरिक अधिकार खोसिएको छ । भाषा, कला, धर्म, संस्कृति र परम्परामाथि अंकुश लगाइएको छ ।
हाम्रो पालोमा भूटानी इतिहास पढाइएन । प्रायः सबै स्कूलहरूमा भारतीय इतिहास घोक्नै पर्ने वाध्यता रह्यो । जन्मभूमिकोे इतिहास जान्न नपाउँदा आफ्नै दुर्भाग्य सम्झिए पनि कक्षा बढ्दैजाँदा मुलुकको इतिहास नलेखिएको महसुस भयो । अझैसम्म आम नागरिकले राजतन्त्र स्थापनापूर्वको इतिहास बुझ्न नपाइरहेको अवस्था छ । हामी सानोछँदा गाउँका बूढापाकाहरू जिङाप, चप्रासी घरमा पसेर असाध्यै दुःख दिएको व्यथा सुनाउथे । पुराना प्रमाणहरू खोज्दै नष्ट गराइएको घटना सुनाउँदै दुःखी र निरास हुन्थे । दक्षिणमा मात्र होइन पूर्वका बासिन्दा सारछोपहरूको ऐतिहासिक दस्तावेज ल्होहीछेजुङ् जनताबाट खोसिएको विवरण सुन्दा पीडा लाग्थ्यो । सन् १९९० मा दक्षिणीक्षेत्रबाट नागरिक अधिकारका लागि आवाज उठाइरहँदा जनतासित भएका पुराना दस्तावेज र नेपाली पाठ्यपुस्तकहरू खोसेर जलाइएको असह्य पीडा हाम्रा मानसपटलमा ताजै छ ।
राष्ट्रियता र स्वतन्त्रता प्रवल बनाउनका लागि शासक र शासित दुवै मिल्नुपर्छ भन्ने सद्भावले प्रजातान्त्रिक पद्धति स्थापनार्थ हामीले संयुक्त रूपमा शान्तिपूर्ण आन्दोलन सुरु गर्र्यौं । विधिको शासन, सुशासनको प्रवद्धन र नीतिगत स्थिरताका लागि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हजारौैैं नागरिकहरूलाई राष्ट्रद्रोही करार गरी देशैबाट लखेटिइनु पर्ने परिस्थिति सिर्जना गराइयो । पराधीन, कायर सरकारसँग साहस, क्षमता र स्वाभिमानको महत्त्व नहुँदा स्वाभिमानी नागरिकहरू कहालीलाग्दो निर्वासित जीवन भोग्न विवश तुल्याइयो । राष्ट्रिय खुसियालीको नारासँगै मुलुकभित्रका अधिकांश जनताकोे प्राथमिक शिक्षा पाउने अधिकार खोसियो । त्यसअतिरिक्त जातीय भाषामाथि प्रतिवन्ध लगाइएपछि नेपालीभाषी ल्होछाम्पाहरू पूर्णतः देवनागरी लिपी लेख्न, पढ्न नजान्ने स्थितिमा पुगे । निर्वासितहरूको मात्र होइन मुलुकभित्रै हुनेको भाषा, कला, साहित्य र अस्तित्वसमेत लोप भएर जाने खतरा मडारिएको छ । यसर्थमा हामी जस्तै परिवेशमा हुर्किए पनि एउटै परिवारका सदस्य भएर जिउनसक्नु हाम्रो एक मात्र विकल्प साथमा छ ।
विशेषतः हाम्रा भविष्यका कर्णधार ससाना बालबालिकलाई हामी नेपालबाटै आएका हौं भन्ने भ्रम परेको हुनसक्छ । कसैले हाम्रो उद्गमस्थलको परिचय खोजिरहँदा नेपाल देखाइनेक्रम बढेको सुनिन्छ । यसरी हामी आपैmबाट भुल् हुन गयो भने विश्वमा हाम्रो अस्तित्वमाथि भ्रम सिर्जना हुने सम्भवना बढ्दै जान्छ । नेपालस्थित शरणार्थी शिविर हाम्रो यात्राक्रमको एक विश्रामस्थल मात्र हो । हाम्रा बालबालिकालाई उद्गमस्थलबारे भूटानमा भएको आफ्नै माटोको परिचय सिकाउन आज चुकियो भने कालान्तरमा साच्चै नै अस्तित्वविहिन हुँदै विश्वमा भौतारिएका हुनेछौं । जन्मभूमि, समाज र अस्तित्व संरक्षणका लागि भाषा, साहित्य, संस्कृतिको संवर्द्धन र प्रवद्धन हुन जरुरी छ । जातीय अस्तित्व संरक्षणका लागि हामी आफैले र समग्रले दायित्व बहन गर्न सक्नु पर्दछ । यस साझा अभियानलाई सफल तुल्याउन हामी सबै भूटानीहरूको चासो, योगदान, प्रयास, हिम्मत र आत्मविश्वासको खाँचो छ ।