रंङ्गमञ्चमा महिला नेतृत्व कथा घेरा

0
920

काटमाडौं | काठमाण्डौको टेकुमा नाट्य समुह कथा घेराले आफ्नो रंङगमञ्च को समुदघाटन गरेको छ । केही फरक शैलीको कार्यक्रम गर्दै उक्त समुहले आफ्नो रङ्गमञ्चको उदघाटन गरेको थियो ।
आफ्नै पारामा भेला भएका दर्शकहरुलाई संगीतको माध्यमबाट ध्यान खिच्दै नाट्य समुहको परिचय कार्यक्रम संञ्चालक युत्ताले गराएकी थिईन् । त्यसपछि अभिभावक द्वय सन्तोष कार्की र डा. अरुणा कार्कीले प्रबेश द्वारको रिबन काटेर सुरुवाती उद्घाटन गरेका थिए ।
त्यसपछि एकाएक बौद्ध धर्मालम्बलिे बजाउने बाजा झैं लाग्ने लामो किसिमको बाजामा सुमधुर श्वर दिँदै देखापरे शलिल सुबेदी उनको त्यस सँगीतले सम्पुर्ण दर्शकहरु ध्यानमा गएको झै भान हुन्थ्यो । थिएटर भित्रसम्म उनको बाजाले दर्शकका पाइृलाहरुलाइृ डो¥याएपछि उनले भने यो बाजा काठको धमिराले खाएको रुखको टोड्को हो । निक्कै आकर्षक थियो उनको प्रस्तुती ।
उनको सँगीतले दर्शकहरुलाई कथा घेराको पााचौ तल्लामा बनेको आधुनिक थिएटर सम्म पु¥याएपछी सुरु भयो केहि औपचारीक कार्यक्रम ।
खास गरेर रंङगमञ्चमा महिलाहरुको यो नेतृत्व नेपालमा देखीनु निक्कै आशालाग्दो भएको दर्शक दिर्घाका पाहुनाहरुले बताई रहेका थिए । त्यहाँ कथा घेरा मात्र उत्साहित थिएन् । सम्पुर्ण दर्शक हरुनै उत्साहित देखिन्थे ।
हुन त त्यहाँ अग्रज रंङगकर्मी हरुको निक्कै नै उपस्थिती थियो । तथापी कार्यक्रममा पानसमा बत्ती बालेर हलको उद्घाटन गर्न डाकीए तिन अग्रज महिला रंङ्गकर्र्मी साबित्री मल्ल कठायत, अस्मिना रञ्जीत र सरिता गिरी ।
त्यसपछि शुभकामना मन्तब्यका निम्ती बक्ताहरु बेलाईयो अग्रभागमा । उनिहरुपनि रंङ्गकर्ममा खारिएका क्रियासिल महिलाहरुनै थिए ।
कार्यक्रममा बोल्दै रंङ्गकर्मी सृजना सुब्बाले घेरा बाट सबै बराबर भएको र समानताको घेरा हामी सबैको लागी भएको जनाईन् । महिलाहरु रङ्गकर्मको छाँया सरह सलबलाउन छाडेर अग्र भागमा आउने सँधै आशा गर्ने उनको धारणा थियो ।
त्यस्तै गरेर अर्की बक्ता लुनिभा तुलाधरले महिलाहरु आँगन नाघेर रंङ्गकर्ममा आउनु चुनौतिपुर्ण भएको स्थितीमा थिएटर नै बनाउने अनुमति दिनुहुने अभिभावकलाई धन्यवाद भनिन् । यो नाटक घर पाँचौ तल्लामा भएको र यसले आगामी दिनमा गगन चुमोस भन्दै उनले यो महिला नेतृत्वको पहल कदमीलाई शुभकामना दिईन् ।
कार्यक्रमकी अर्की बक्ता दिया मास्केले पुरुषहरुनै अगाडी हुने समाजमा महिलाहरुको यो उपस्थिती निक्कै आशालाग्दो भएकोजनाईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here