डेन्जोम सम्पाहांगलाई "साहित्य दुत सम्मान"

0
986

pic for my resumeswikarokti image

गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घदुवारा डेन्जोम सम्पाहांगलाई “साहित्य दुत सम्मान”बाट सम्मानित गरिएको छ |
नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निभाउने व्यक्तिहरु बीचबाट ८ व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गरिएको हो | नेपाललाई विशेष गरि ८ हिमालले (सगरमाथा, कन्चनजंघा, लोत्से, मकालु , चोयो, धौलागिरी, मनास्लु, अन्नपूर्ण ) विश्व समू चिनाए झैँ  नेपाली भाषा सहित्यालाई संसारको कुना कुनामा फैलाउन योगदान पुराउने उत्कृष्ट ८ साहित्यकारहरुलाई{नेपाली साहित्य दुत सगरमाथा सन् २०१४ कृष्ण प्रकाश श्रेष्ठ (मस्को रसिया), नेपाली साहित्य दुत कन्चनजंघा सन् २०१४ सुरेसजंग शाह (लण्डन युके), नेपाली साहित्य दुत लोत्से २०१४ कपिल अधिकारी (ताइवान), नेपाली साहित्य दुत मकालु २०१४ महेन्द्र कुमार मल्ल (वीरेन्द्रनगर, नेपाल), नेपाली साहित्य दुत चोयो २०१४ टंक सम्बाहाम्फे (हङकङ), नेपाली साहित्य दुत धौलागिरी २०१४ विक्रमवीर थापा (मेघालय भारत), नेपाली साहित्य दुत मनास्लु २०१४ डेन्जोम साम्पाङ (भुटान हालः न्यूयोर्क) र नेपाली साहित्य दुत अन्नपूर्ण २०१४ लक्ष्मन न्यौपाने (बर्मा)} यो “साहित्य दुत सम्मान” प्रदान गरिएको हो |
बाध्यात्मक परिस्थितिको कारण भूटानबाट नेपाल हुदै, हाल विश्व भरि छरिएर  बसेका एक हुल नेपालीहरूले गर्दै आएको भाषा संघर्षको कदर हो यो भनेर बौद्धिकहरुको बुझाई छ | त्यसैले यसलाई निकै महत्वको साथ हेरिएको छ | स्वीकारोक्ति दर्शनको अघुवाई गर्दै आउनुहुने उनि भूटानी नेपाली साहित्य जगतको बरिष्ट साहित्यकार मानिन्छन् | हाल उनि ‘अन्तर्राष्ट्रिय भूटानी साहित्य संघ’ -Global Bhutanese Literary Organization का केन्द्रिय अध्यक्ष रहनु हुन्छ |(थप जानकारी यो लंकमा हेर्न सक्नुहुने छ – http://gfnl.org.np/?p=2379)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here