Omaha, Nebraska; Dec. 3, 2014.
नेब्रास्काको ओमाहा सहरमा, गत मिती २०१४ नोवेम्बेर २७ तारिक सहभागी स्रष्टा र प्रतिनिधीहरुको स्वागत कार्यक्रम देखी सुरु भई २८ र २९ लगातार तीन दिन संचालन भएको ‘अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान -२’ भव्यताका साथ सुसम्पन्न भएको थियो | विश्व भुटानी साहित्य संघठन (GBLO) र भुटानी समुदय नेब्रस्का (BCN)को संयुक्त आयोगनामा सम्पन्न सो कार्यक्रमको साहित्यिक सम्मेलन नोवेम्बेर २८को दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वाकर्मा ज्यूको प्रमुख आथित्य र (GBLO)का अध्यक्ष डेनजोम साम्पाङ ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । बरिष्ट साहित्यकार कृष्ण धराबासी बिशिस्ट अथिति रहनु भएको उक्त कार्यक्रममा समाज सेवी बुद्धिजिबी डी. जे. खालिंग, भुटानी गायक मनोज राई, गायक तथा शिक्षक डम्बर खापुंग, अग्राज भुटानी साहित्यकार गङ्गा राम लामिटारे, भाषा परिषदका अध्यक्ष भक्त घिमिरे, नेब्रस्का भुटानी समुदयका बुद्धीजिवी कुमार गुरुङ, भुटानी समुदय नेब्रस्का (BCN)का अध्यक्ष भिम गुरुङ, टेक्सस्बाट भुटानी अमेरिकी संग ह्यूस्टन (BAAH)का अध्यक्ष डि. बि. राई र अन्य धेरै अथितीहरुको उत्साहजनक उपस्थिती रहेको थियो । लगातार तीन दिन (नोवेम्बेर २७, २८ र २९) चलेको सो कार्यक्रममा प्रतिनिधिमुलक बिशाल जनसभागिता उर्लेको थियो |
‘अन्तरास्ट्रिय सृजनात्मक अनुष्ठान-२’को विशाल सफलता संगसंगै भूटानी नेपाली साहित्यको भाग्योदय भएको स्पष्ट रुपमा जो कोहीले महशुष गर्न सकिन्थियो। सहभागी स्रष्टा देव लामा बताउछन्- “दशकौँदेखी भुटानी नेपालीहरुले आफ्नो मातृभाषालाई शिरोधार्य गर्दै यसको संरक्षण, संबर्धन्, विकास र संस्थागत गर्दै आएको छ र केहि वर्षा अघी देखी यसको विश्यिकरण प्रकृयमा महत्वपूर्ण भूमिका निवाउदै आएको स्पष्ट देख्न सकिन्छ।“ देव जि थप्नु हुन्छ – “यो कार्यक्रमले प्रवासमा गुज्रिरहेको भूटानी साहित्यको माहोललार्इ स्पष्ट दिशानिर्देश दिन सफल रहेको आजको विश्व नेपाली साहित्यिक माहोलले पुष्टी गरिदिएको छ।“
संयोगवस अर्का तर्फ सोही समयमा, अर्थात गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घ दुवारा GBLOको अध्यक्ष डेन्जोम साम्पङ ज्यूलाई ‘साहित्य दुत सम्मान’बाट सम्मानित गरिएको छ| डेन्जोम साम्पाङ ज्यूले प्रप्त गर्नु भएको नेपाली साहित्य दुत सम्मान ‘नेपाली साहित्य दुत मनास्लु २०१४’ हो। विश्व नेपाली साहित्य महासङ्ले प्रदान गरेको यो सम्मान निक्कै महत्वको साथ हेरिएको छ र यो सम्मान प्राप्त गर्ने पहिलो भूटानी स्रष्ट हुन्, डेन्जोम साम्पाङ ज्यू | यो सफलता भनेको स्विकारोक्ती सैद्धान्तिक अभियानको सफलता हो, हाम्रो विश्व भुटानी साहित्य संघठनको सफलता हो र सम्पुर्ण भुटानी नेपालीहरुको सफलता हो ।
राजनैतिक बाध्यात्मक परिस्थितिको कारण भूटानबाट नेपाल हुदै, हाल विश्वभरी छरिएर बसेका भुटानी नेपालीहरू बीच लेखिने र बोलिन्ने नेपाली भाषा साहित्य सम्बन्धि उठेको बहस, विवाद र प्रस्नलाई केहि हदसम्म यसले सम्बोधन गरेको हुनाले भुटानी नेपालिहरु बीच यो सम्मान निकै चर्चाको विषय बनेको छ | विश्व नेपाली साहित्य महासङ्घद्वारा घोषित जानकारी अनुसार डेन्जोम साम्पाङ्ले यो ‘साहित्य दुत सम्मना २०१४’ प्राप्त गर्नुको केहि मुख्य कारण भनेकै स्विकारोक्ती सिद्धान्तलाई विश्व नेपाली साहित्यमा प्रतिपादन गराउने प्रायस सफल हुनु हो, भुटानी साहित्य मार्फत नेपाली भाषा साहित्यलाई अन्तराष्टृयकरण गराउन टेवा पुर्याउने दिशानिर्देसकको रुपमा आफूलाई उभ्याउन सफल हुनु हो र अन्योल अनि तितरबितर भएर छरिएको भुटानी साहित्यिक मन र स्रष्टहरुलाई आशाको दियो झाल्लाउन सफल हुनु हो ।
यता अन्तराष्टृय सृजनत्मक अनुष्ठानमा साहित्यिक माहोल अझ तात्तिएको थियो र बौंद्धिक वर्गको ठूलो जमघट्नै भएको देखिन्थियो । कार्यक्रम संयोजक तथा GBLOका प्रवक्ता कर्ण गुरुङ ‘हेरण’को अनुसार, हिजो जे भयो त्यहीबाट पाठ सिक्दै भोलिको भूटानी साहित्यको दिशानिर्देशलार्इ लक्ष्यमा रूपान्तरित गर्दै जातिय, भाषिक, र साहित्यिक अवधारणाहरूलार्इ सम्मेलनमा गम्भिरताकासाथ मूल्याङ्कन गरिएको थियो । कार्यगत एकता आजको आवाश्यकता हो भन्ने निचोडमा पुगेको अन्तर्राष्ट्रिय साहित्य सृजनात्मक अनुष्ठान एउटा उदाहरणीय र ऐतिहासिक बन्न पुगेको छ ।
त्यो बृहत भूटानी नेपाली साहित्य सम्मेलनलाई गम्भिर र ध्यान पुर्वक्तका साथ सहभागिता जनाइरहेका अग्राज भुटानी साहित्यकार गङ्गा राम लामितारे ज्यू र सोही सभामा उपस्थित हुनु भएका साहित्य परिषदका अध्यक्ष भक्त घिमिरे ज्यूले साहित्य परिषद भूटानको वर्तामन, भुत र भविष्यका विषयमा प्रष्ट पारिदिनु भएको थियो । अन्तराष्टृय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा ज्यूले आफ्नो विश्वव्यापी रहेको संघठनका सदस्य हुन सम्पुर्ण सहभागी प्रतिनिधीहरुलाई आवहान पनि गर्नु भएको थियो । बरीष्ट साहित्यकार कृष्ण धारवासी ज्यूले लीला लेखान अनि नेपाली साहित्य हिज, आज र भोलीको बारेमा आफ्नो बिचार-अनुभव राख्नु भएको थियो ।
GBLOका अध्यक्ष तथा साहित्यिक स्विकारोक्ती सिद्धान्तका प्रणेता डेन्जोम साङपाङ भूटानी साहित्यका एक शसक्त, बौदिक, र प्रतिनिधी प्रगतिशिल स्रष्टा हुन । उनबाट प्रतिपादन स्वारुप आएको स्विकारोक्ति र स्वीकृत साहित्य सिद्धान्तलार्इ सम्मेलनमा उपस्थित माहोलले साहित्यिक सिद्धान्त भनेर स्विकारेको थियो । यस सिद्धान्तमा बृहत बहस हुन नसके पनि यस सैद्धान्तिक अभियानले ल्याएको चिन्तनको विषय गरिमालाई सम्मेलनले उच्छ रुपमा सम्बोधन गरेको थियो ।
भाषा-साहित्य, कला र सस्कृतिको बिकाश र संरक्षणको प्रमुख हेतुले आयोजना गरिएको सो कार्यक्रम विभिन्न चरणमा विभिन्न स्थानबाट संचालनमा ल्याइएको थियो | GBLOले प्रकाशन गरेको तिनवाट कृतीहरु- (लिला निशाको कविता संग्रह ‘बुडो रुख र सान्नानीको इन्द्रेणी’, कर्ण गुरुंगको कविता संग्रह ‘बुद्धिको बिर्को’, यधुनाथ अधिकारीको ‘अपेक्षा’) र झकाश ग्रुपले प्रकाशनमा ल्याएको रुबाई संग्रह (दावा तामङ्को ‘फाटेको मन’) गरी चार पुस्तकको लोकार्पण, बिशेष व्यक्तित्वहरुलाई सम्मान, बैचारिक मन्थन, कला संगीतको प्रस्तुति र सृजना वचन जस्ता विविध कार्यक्रम विभिन्न चरणमा रहेका थिए | उक्त बृहत कार्यक्रममा नेपाली सांकेतिक भाषालाई पनि स्थान दिइएको थियो जसलाई लक्की रासीको सहयोगमा पुष्प लाल धकालले प्रस्तुत गरेका थिए । White Himal, Druk LCA, Akkase Home Health Care र Celebrity Homes ले प्रायोजन गरेको उक्त कार्यक्रममा मिथिला चित्रकार प्रतिक राइमाझीले नेपाली मिथिला कला सम्बन्धी आफ्नो प्रस्तुती राखेका थिए । सोही समारोहमा ‘लक्की रासी’को चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो ।
सो कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरु यस प्रकार हुनु हुन्छ: OBCA का पुर्व अध्यक्ष डि. जे. खालिङ्, GBLOका उपअध्यक्ष लीला निशा, भुटानी नेपाली गायक तथा शिक्षक डम्बर खापुङ्, अग्राज भुटानी साहित्यकार गङ्गा राम लामितारे, साहित्य परिषदका अध्यक्ष भक्त घिमिरे, भुटानी नेपाली गायक तथा यूवा नेतृत्व मनोज राई, शिक्षक समाज सेवी तथा नेब्रस्का भुटानी समुदयका बुद्धीजिवी कुमार गुरुङ, टेक्सस्बाट भुटानी अमेरिकी संग ह्यूस्टन (BAAH)का अध्यक्ष डि. बि. राई, जर्जिय राज्यबाट दिलिप दाहाल, भुटान रुबाई मन्चका उपअध्यक्ष ममता राई मोक्तान ‘तारा’ र OBCAका उपअध्यक्ष हरी उप्रेती हुनु हुन्छ ।
बृहत साहित्यिक कार्यक्रम ‘अन्तराष्टृय सृजनात्मक अनुष्ठान २’को सफलताको लागी विभिन्न व्यक्तित्व, संग संघठन र प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए । विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष श्री विश्वदिप तिगेला, अन्तराष्टृय पर्देशी साहित्य समूहका अध्यक्ष सुरेन्द्र लिम्बू ‘पर्देशी’, अन्तराष्टृय नेपाली साहित्य समाज डाल्लस टेक्सस्का अध्यक्ष वासु शर्मा, वरिष्ट साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्दम्बे, नर्वोएबाट रमेश गौतम, अस्ट्रेलियाबाट यति राज अजनबी, न्यू ज्यल्यन्डबाट बिदुर पौडेल र बलराम सिन्चुरी, नोर्थ केरोलिनाबाट रुबाई मन्च भुटानका प्रतिनिधी ईशोर ढकाल ‘तिम्रो सारथी, आदी|
तीन दर्जन भन्दा बडी साहित्यकर्मी स्रष्टाहरुले आफ्नो सृजनाहरु प्रस्तुत गरी सहभागिता जनाएको उक्त बृहत साहित्यिक कार्यकर्म विभिन्न चराणमा विभिन्न कार्यक्रम संचालकहरुले संचालन गरेका थिए । सम्मेलनको पहिलो र दोष्रो खन्डहरु यदुनाथ अधिकारी ‘साल्दाई’ र ए. के. राना साम्पाङ ‘एकलब्य’ दुवैले संचालन गरेका थिए । तेष्रो चराणको साहित्यिक सांझ र साहित्यिक कार्यक्रम कमल धिमाल ‘खल्ती पिडित’ले संचालन गरेका थिए भने सांगितिक कार्यक्रम सुनिता गुरुङले संचालन गरिकी थिइन । सांगितिक कार्यक्रममा गायक मनोज राई, डम्बर खापुङ्, डि. बि. तामङ, खड्ग गजमेर, पुस्क लामा, टेक दुधराज, लीलाधर अधिकारी, जेम्स दुधराज, आदी कलाकारहरुले आफ्नो गायकी कला प्रश्तुत गरी दर्शकलाई मनोरन्जन दिलाएका थिए । यस्का साथ साथै नृत्य लगायत विभिन्न कार्यक्रमहरु पनि समेटिएका थिए । कार्यक्रमको अन्त्यमा वरिष्ट साहित्यकार कृष्ण धारावासीको उपन्यासमा आधारित चल्चित्र ‘झोला’ पनि प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमले के उपलब्धि दियो त? भन्ने प्रश्नमा आयोजक समितिका एक सदस्य श्री ए. के. राणा सम्पाहंग भन्नु हुन्छ -“हाम्रो समाजमा हालमा देखिएको विभाजन, फुट, गुटबन्दीतालाई चिरेर सहकार्य र कार्यगत एकतामा बैचारिक सहमति भएको छ |” त्यसै गरि अर्का आयोजक समितिका एक सदस्य श्री खड्का गजमेर भन्छन् – “यस कार्यक्रमले अन्तरदेशीय साहित्यिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपुर्न भूमिका निर्वाह गरेको छ, युवाहरुले आफ्नो कला, गला र सृजनालाई प्रस्तुत गर्ने ठूलो मंच पाए, र आफ्नो भाषा साहित्य र समुदयको विकाशको निम्ती एक हुनु पर्ने कुरा समाजमा सचेतना फैलाउन मद्त गर्यो |”
कार्यक्रम सम्पन्न भईसके पछि सहभागीहरुको भनाई थियो “साहित्यिक अनुष्ठान -२ ले भाषा साहित्यको आधारमा वास्तावमै सबैलाई एक बनाए”| विभिन्न फूलहरू एउटै सुत्रमा उनिएर माला बने झैँ विश्वमा छरिएका सारा नेपाली एक भई अस्तित्व संरक्षणको निम्ति साँच्चै नै यो कार्यक्रम पहल कदमी केहि हदसम्म बन्न पुगेको महसुस गर्न सकिन्छ ।
थप जानकारी को लागी: