एमाले माओवादी एकताले पायो बैधानिकता, दर्ता भयो नेपाल कम्युनिष्ट पार्टी (ने क पा)

0
957

२४ जेष्ठ, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणले अन्ततः बैधानिकता पाएको छ । निर्बाचन आयोगले बुधबार नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गरेपछि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणले बैधानिकता पाएको हो ।  गत  जेठ ३ गते दुवै दलले आयोग पु्गेर नेपाल कम्युनिष्ट पार्टीको नाममा अण्डरलाइन गरेर निवेदन दिएपनि आयोगले नाम परिवर्तनका लागि सुझाव दिएपछि  नेपाल कम्युनिष्ट पार्टी कोष्ठमा (नेकपा) दर्ता भएको हो । राजनीतिक दल सम्बन्धि ऐनमा दलको हरेक तहमा एक तिहाई महिला सहभागिताको विषय उल्लेख छ। तर एक तिहाई महिलाको व्यवस्था नगरि नेकपा दर्ता भएपछि आयोगको समेत आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here