0
607

गान्तोक। सिक्किम सरकारी महाविद्यालय, तादोङको सेमिनार हलमा, ब्लीस 2018, कलेज फेस्ट अन्तर्गत आज साहित्यिक कार्यक्रम सम्पन्न भयो।
कार्यक्रम अन्तर्गत कविता वाचन प्रतियोगिता, भाषणकला प्रतियोगिता र स्पेल वर्ड प्रतियोगिता सम्पन्न भयो। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै महाविद्यालयकी भाइस प्रिन्सिपल एवं नेपाली विभाग प्रमुख डा. गीता निरौलाले ज्ञान नै सर्वशक्तिमान रहने विचार व्यक्त गरिन्। उनले भनिन्, ज्ञानभन्दा ठूलो अरु केही छैन। ज्ञानले नै हामीलाई जीवनमा सफल बनाउँछ। विद्यार्थीहरूले तत्कालीन भाषा कला अन्तर्गत जसरी आफ्नो क्षमता, आफ्नो योग्यताको प्रदर्शन गरेका थिए त्यसप्रति खुशी व्यक्त गर्दै मुख्य अतितिका रूपमा उपस्थित डा. गीता निरौलाले भनिन्, बोल्ने क्षमता त्यसै आउँदैन। त्यसको निम्ति पनि साधना हुनुपर्छ। अध्ययन र बोल्ने बानी पनि बसेको हुनुपर्छ। विद्यार्थी भाइ-बहिनीहरूले अचानक कुनै विषयमा यसरी बोल्नसक्नु पनि एउटा अलौकिक विषय हो, शक्ति हो, डा. निरौलाले भनिन्।

कार्यक्रममा कविद्वय अर्जुन राई (गान्तोक) र मनोज लिम्बू (विजनबारी दार्जीलिङ) विशिष्ठ अतिथि रहेका थिए। महाविद्यालयद्वारा आयोजित कार्यक्रमअन्तर्गत कविता प्रतियोगिता नेपाली, अङ्ग्रेजी, भोटिया र लुम्बू गरी चारवटा भाषामा रहेको थियो। यसका साथै तत्कालीन भाषणकला प्रतियोगिता र स्पेल वर्ड प्रतियोगिता पनि आयोजन गरिएको थियो। कार्यक्रमको प्रथम चरणमा तत्कालीन भाषाणकला प्रतियोगिता रहेको थियो, जसमा महाविद्यालयका विभिन्न विभागीय विद्यार्थीवर्गले भाग लिएका थिए। विभिन्न विषयमाथि जम्मा 13 जवा विद्यार्थीले आ-आफ्नो प्रस्तुति दिएका थिए भने अर्पणा शर्मा र मञ्जु शर्मा क्रमैले पहिलो र दोस्रो भए। अन्य सहभागी तार्किकहरूमा मनोज शर्मा, अर्चना शर्मा, अनिश शर्मा, मनिकुमार छेत्री, प्रतिमा शर्मा, मायाल्मित लेप्चा, रोशन पाण्डे, बुद्धिमान लिम्बू, स्वास्ती राई, मनिशा भण्डारी र नरेश विश्‍वकर्मा रहेका थिए। यस प्रतियोगिताको निर्णायक मण्डलीमा विकाश शर्मा, रिता छेत्री र छिरिङ लाचुङ्पा रहेका थिए। यसरी नै कविता प्रतियोगिता (नेपाली भाषा)-मा 15 जना कवि-कवयित्रीहरूले भाग लिएका थिए जसमा अर्चना शर्मा र भानुभक्त शर्मा क्रमैले प्रथम र दोस्रो भएका थिए। अन्य कविहरूमा अनिश शर्मा, रोशनी शर्मा, दावमित लेप्चा, मनोज शर्मा, प्रभा राई, जानुका शर्मा, निर्मला चावला, मञ्जु शर्मा, मनिशा भण्डारी, भूमिका छेत्री, प्रभा तामाङ र सृष्टि शर्मा सामेल थिए। यसरी नै अङ्ग्रेजी भाषाको कविता प्रतियोगितामा राहुल राई र अर्पणा शर्मा क्रमैले पहिलो र दोस्रो भएका थिए, जसमा अन्य कविहरू सोनुहाङमा लिम्बू, मनिकुमार छेत्री, अर्पणा छेत्री, सिमरन सुब्बा, रश्मी अधिकारी, महिमा राई, पाल्मु लेप्चा, स्वास्ती राई र अन्यले भाग लिएका थिए। कविता प्रतियोगिताको अङ्ग्रेजी भाषाका लागि विकाश शर्मा र छिरिङ एन. भोटिया निर्णायक मण्डलीमा रहेका थिए। यसरी नै लिम्बू भाषाको कविता प्रतियोगितामा सन्दीप लिम्बू र इशा एच. लिम्बू क्रमैले पहिलो र दोस्रो भएका थिए, जसमा एबी सुब्बा र आशा सुब्बा निर्णायक मण्दलीमा रहेका थिए। यसैगरि लेप्चा भाषाको कविता प्रतियोगितामा दाउमित लेप्चा विजेता रहिन्, जसको निर्णायक मण्डलीमा पुष्प टी. लेप्चा र डिकित लेप्चा रहेका थिए।

यसरी नै स्पेल वर्डमा मायल्मित लेप्चा प्रथम विजेती बनेकी छन्। यसरी नै अघिबाट सम्पन्न कार्यक्रममध्ये निबन्ध लेखन प्रतियोगितामा प्रभा तामाङ र मञ्जु शर्मा क्रमैले प्रथम र दोस्रो भएका थिए भने क्रिएटिभ राइटिङ प्रतियोगितामा प्रशिल शर्मा विजेता रहेका छन्। समग्र कार्यक्रम विद्यार्थी रेशब गुरुङले सञ्चालन गरेका थिए भने स्पेल वर्डलाई प्राध्यापक विकाश शर्माले सञ्चालन गरेका थिए। विद्यार्थी (एसआरसी सदस्य) रिञ्जिङ अङमूको स्वागत सम्बोधनबाट शुरू गरिएको कार्यक्रममा प्राध्यापकगण डा. उदय छेत्री, पारशमणि दंगाल, टीबी छेत्री आदिको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here