२४ जेष्ठ, काठमाण्डौ । जेष्ठ अन्तिम साताबाट सुरु हुने मनसुन यो बर्ष भने समय अगाबै सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुन लगभग सुरु भएको छ । मूलुकभर मनसुन सक्रिय हुन एक/दुई दिन लागेपनि काठमाण्डौ उपत्यकामा भइरहेको बर्षा भने मनसुन नै भएको विभागले जनाएको छ। १० बर्षयता ढिलो गरी सुरु हुँदै आएको मनसुन यो बर्षबाट भने केही दिन अघिबाटै सुरु भएको मौसमविद् राजुधर प्रधानांगले जानकारी दिए । प्रधानांगका अनुसार भारतको केरलामा २९ मे बाटै मनसुन सुरु भएकाले त्यसको प्रभाव नेपालमा पनि देखिएको हो । सामान्तयाः भारतमा मनसुन सुरु भएको सातादिनमा नेपालमा पनि मनसुन सुरु हुने गरेको छ । बंगलादेश, आसाम, मेघालय दार्जिलिङ हुँदै मनसुन नेपाल भित्रिने गरेको छ। नेपालमा हुने कूल वर्षाको ८० प्रतिशत वर्षा मनसुनको चार महिनामा हुँदै आएको छ ।
ताजा पोष्ट
करण राई नाईट: अल्बेरीमा सांगीतिक र सम्मानको भव्य उत्सव
अर्जुन प्रधान/आयोजकAlbury, NSW — अप्रिल ५
अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा शनिबार साँझ एउटा अविस्मरणीय साँगीतिक माहोल बन्यो, जब...
संयुक्त राष्ट्रसंघका विशेषज्ञद्वारा भूटानमा राजनीतिक बन्दीहरूलाई दमन गरिरहेको आरोप, तत्काल रिहाइको माग
अर्जुन प्रधान– अप्रिल ४, २०२५
संयुक्त राष्ट्रसंघका छ विशेष प्रतिवेदकहरू ले भूटानमा राजनीतिक बन्दीहरू माथि भइरहेको दमनको कडा आलोचना...
फिलाडेल्फियाको ICE कार्यालयले भूटानीहरूको निर्वासनबारे जानकारी सार्वजनिक गर्यो
अर्जुन प्रधान
फिलाडेल्फियास्थित अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) कार्यालयले बुधबार जारी गरेको वक्तव्यमा हालै अमेरिका बाट निर्वासित...