२४ जेष्ठ, काठमाण्डौ । जेष्ठ अन्तिम साताबाट सुरु हुने मनसुन यो बर्ष भने समय अगाबै सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुन लगभग सुरु भएको छ । मूलुकभर मनसुन सक्रिय हुन एक/दुई दिन लागेपनि काठमाण्डौ उपत्यकामा भइरहेको बर्षा भने मनसुन नै भएको विभागले जनाएको छ। १० बर्षयता ढिलो गरी सुरु हुँदै आएको मनसुन यो बर्षबाट भने केही दिन अघिबाटै सुरु भएको मौसमविद् राजुधर प्रधानांगले जानकारी दिए । प्रधानांगका अनुसार भारतको केरलामा २९ मे बाटै मनसुन सुरु भएकाले त्यसको प्रभाव नेपालमा पनि देखिएको हो । सामान्तयाः भारतमा मनसुन सुरु भएको सातादिनमा नेपालमा पनि मनसुन सुरु हुने गरेको छ । बंगलादेश, आसाम, मेघालय दार्जिलिङ हुँदै मनसुन नेपाल भित्रिने गरेको छ। नेपालमा हुने कूल वर्षाको ८० प्रतिशत वर्षा मनसुनको चार महिनामा हुँदै आएको छ ।
ताजा पोष्ट
कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान
अर्जुन प्रधान
साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्याएका पाँच...
GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...
छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड
अर्जुन प्रधान
मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...












