एपीएफलाई हराउँदै नेपाल पुलिस फाइनलमा प्रवेश

0
817

बैशाख २५ गते/डिकेश लामा 

दमक/झापाको दमकमा जारी दमक गोल्डकपको आज भएकोे पहिलो सेमी फाइनलको खेलमा एपीएफ लाई शून्यको विरुद्ध १ गोल गर्दै नेपाल पुलिस क्लव फाईनलमा प्रवेश गरेको छ । अति प्रतिस्पर्धात्मक रुपमा भएको खेलमा नेपाल पुलिस क्लवका जर्सी नम्बर १४ का निर कुमार राईले गोल गरेका छन् । खेल शुरु भएको ३८ मिनेटमा राई ले गरेको गोल नै आजको खेलमा निर्णायक गोल भएको छ । खेलमा गोल गर्ने खेलाडी राईलाई म्यान अफ द म्याच घोषित गरिएको आजको खेलको मुख्य रेफ्री श्याम दनुवारले बताउनु भयो । राईलाई आयोजक दमक नगरपालिकाले नगद रु ११ हजार प्रदान गरेको छ ।

बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागीता रहेको छ । गोल्डकपको विजेताले नगद १३ लाख ११  हजार तथा उपविजेताले६ लाख रुपैया प्राप्त गर्ने छन् । भोलि मनाङ मस्र्याङदी र त्रिभूवन आर्मीबीच अन्तिम सेमी फाइनलको खेल हुने दमक गोल्डकप प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिनु भयो । खेल हेर्न करिव ५ हजार भन्दा धेरै दर्शक प्रवेश गरेको खेल संचालन समितिले जानकारी दिएको छ ।

 

See Highlights

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here