सरस्वतीलाई शून्यको विरुद्ध ५ गोल गर्दै मनाङ सेमी फाइनलमा प्रवेश

सरस्वतीको लज्जास्पद हार

0
1223

सरस्वतीको लज्जास्पद हार  

 बैशाख २४ गते/डिकेश लामा
दमक/झापाको दमकमा जारी दमक गोल्डकपको आज भएकोे खेलको अन्तिम क्वाटर फाइनलको खेलमा सरस्वती क्लवलाई शून्यको विरुद्ध ५ गोल गर्दै मनाङ मस्र्याङ्दी सेमीफाइनलमा प्रवेश गरेको छ ।
मध्यान्तर अघिको खेलमा दुवै टिमबाट कुनै पनि गोल हुन नसके पनि त्यस पछिको खेलमा मनाङले अपेक्षा नगरेको संख्यामा गोल गर्न सफल भएको छ । पहिलो गोल हाफ पछि ४५ मिनेटमा मनाङका जर्सी नम्बर ११ का सुजल श्रेष्ठले गरे । यसै गरी खेलको ५५ मिनेटमा जर्सी नम्बर ५ का विमल बस्नेतले दोस्रो गोल गरे । यसै गरी खेलको ८५ र ८६ मिनेटमा लगातार सुवास गुरुङ्ग र सुजल श्रेष्ठले पुन १/१ थप्न सफल भए । यता खेलको इन्जुरी समय सकिन लाग्दा जर्सी नम्बर २७ का तिर्थ बस्नेतले १ गोल गरी ५ गोलको भारी अन्तरमा मनाङ्गले जित हात पारेको छ । खेलमा मनाङ्गका सुजल श्रेष्ठलाई म्यान अफ द म्याच घोषित गरी आयोजक दमक नगर पालिकाले नगद रु ११ हजार प्रदान गरेको छ । 
बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागीता रहेको छ । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैया प्राप्त गर्ने छन् । भोलि एपीएफ र नेपाल पुलिसबीच पहिलो सेमिफाइनलको खेल हुने आयोजकले जानकारी दिएको छ ।

 

 

See Special highlights By Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here