मुक्तिनाथ क्षेत्रमा दुईदिन रोक

0
1016

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको भ्रमणलाई लक्षित गर्दै बैशाख २८ र २९ गते मुक्तिनाथ क्षेत्रमा सर्बसाधारणलाई प्रबेशमा रोक लगाईएको छ । बैशाख २३ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले सर्बसाधारणको निम्ती रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङ्ग को आधिकारिक लेटरप्याडमा सुचना प्रकाशन गर्दै यस्तो जानकारि दिईएको छ ।
मनाङ जिल्ला बाट थोरङ्लापास हुँदै मुस्ताङ्ग र मुस्ताङ्ग बाट मनाङ आउने जाने पैदलयात्री तथा हवाई मार्ग भएर आउने जाने यात्रुहरुलाई उत्त दुईदिन रोक लगाईएको जानकारि गराएको छ । शाखा अधिकृत जितेन्द्र बलामी ले हस्ताक्षर गरेको उक्त सुचनामा यस्तो जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here