थ्री स्टारलाई हराउँदै नेपाल पुलिस सेमी फाइनलमा प्रवेश

0
1015

बैशाख २३ गते/डिकेश लामा
                                                          दमक/झापाको दमकमा जारी दमक गोल्डकपको आज भएकोे खेलमा थ्री स्टारलाई शून्यको विरुद्ध १ गोलले हराउँदै नेपाल पुलिस क्लव सेमीफाइनलमा प्रवेश गरेको छ । दुवै शसक्त टीमको पहिलो क्वाटर फाइनल खेलमा थ्री स्टारले हार व्यहोर्दै खेलबाट बाहिरिएको छ । 

मध्यान्तर अघिको खेलमा दुवै टिमबाट २/३ पटक गोल गर्ने अवसर प्राप्त भए पनि कुनै पनि टीमबाट गोल हुन सकेन । अति प्रतिस्पर्धात्क र रोचकिलो ढंगबाट संचालन भएको खेलमा हाफ पछि खेल शुरु भएको ५७ औं मिनेटमा नेपाल पुलिसका जर्सी नम्बर ८ का अभिषेक रिजालले गोल गरेका छन् । कर्नर किकको अवसरलाई सदुपयोग गर्दै रिजालले गोल गरेका थिए । खेलमा नेपाल पुलिसका गोल किपर किरण चेम्जोङ्ग म्यान अफ द म्याच घोषित भए । चेम्जोङ्गलाई खेल आयोजक दमक नगर पालिकाले नगद रु ११ हजार प्रदान गरेको छ ।
नेपालका चर्चित टीम थ्री स्टार र नेपाल पुलिस क्लवको खेल हेर्न ५ हजार भन्दा धेरै दर्शको सहभागिता रहेको खेल प्रचार प्रसार समितिका चन्द्र खत्रीले जानकारी दिनु भयो । बैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागीता रहेको छ । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैया प्राप्त गर्ने छन् । भोलि सरस्वती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच खेल हुने बताइएको छ ।

 

 

See the highlights :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here