दमक गोल्डकपको पहिलो दिनको खेलमा झापा ११ को तितो पराजय 

शून्यको विरुद्ध ४ गोल गर्दै मदन भण्डारी स्पोर्टस एकाडेमी विजयी

0
1312

शून्यको विरुद्ध ४ गोल गर्दै मदन भण्डारी स्पोर्टस एकाडेमी विजयी

१९ बैशाख २०७५/ डिकेश लामा

दमक/ झापाको दमकमा आज देखि भएको दमक फुटवल गोल्डकपको उद्घाटनमा खेलमा झापा ११ ले तितो हार व्यहोर्नु परेको छ । खेलमा शून्यको विरुद्ध ४ गोल गर्दै काठमाण्डौंको मदन भण्डारी स्पोर्टस क्लवले विजय हात पारेको छ ।
खेलको पहिलो हाफ अघि शून्य गोलको विरुद्ध ३ गोल गरेर अग्रता लिएको मदन भण्डारी स्पोर्टस एकाडेमीले मध्यान्ह पछि पुन १ गोल गरी ४ गोलको नतिजामा विजयी बनेको हो । मदन भण्डारीका लागि विदेशी खेलाडी म्यापवेल इलोनले २ तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एक÷एक गोल गरेका छन् । खेलको १२ औं मिनेटमा इलोनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
मदनका लागि दोस्रो गोल २४ औं मिनेटमा प्रकाश बुढाथोकीले गरे । उनले सौजन राईको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको ३८ औं मिनेटमा पुनः इलोनले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेका थिए । मदनका लागि खेलको ५८ औं मिनेटमा विदेशी खेलाडी आबाले वान भर्नेस वानमा गोल गरेका छन् । 

भोलि आयोजक दमक नगरपालिकाको टिम र रुपन्देही ११ बीच खेल हुनेछ । बैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो । प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्ने आयोजक समितिका प्रचारप्रसार संयोजक चन्द्र खत्रीले बताउनु भयो । खेल हेर्न करिव ५ हजार दर्शकको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

See live highlights

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here