प्रधानमन्त्री ओलीले सवै क्षेत्रको विकास गर्छु भन्दा भन्दै विजुली गए पछि आफ्नै गृह नगर दमकमा अक्क न बक्क (भिडियो सहित)

करडौं रकमको विकास योजना झापामा शिल्यान्यास तथा उद्घाटन

0
1508

करडौं रकमको विकास योजना झापामा शिल्यान्यास तथा उद्घाटन

१९ बैशाख २०७५/डिकेश लामा
दमक/ दमक गोल्डकपको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले देश भर विकासको लहर ल्याउने भनेर भाषण गरिरहेको बेला अचानक लाईन गए पछि अक्क न बक्क हुनु परेको छ ।
एकछिन माइकको टुप्पोमा केही सेकेन्ड हातले हिर्काएर लाईन आए नआएको जान्ने प्रयास गर्नु भयो । केही समय त्यतिकै उभिएर यता उता हेर्नु भयो । स्टेजमा रहनु भएका प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई, युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, विभिन्न मन्त्रालयका जिम्मेवार व्यक्तित्व देखि जिल्लाका उच्च पदाधिकारीहरु चुपचाप मौन धारण गरेको जस्तो भएर प्रधानमन्त्री हेरिरहनु पर्यो । निक्कै समय विधुत नआएपछि स्टेजबाट हात हल्लाउँदै विदा मागेर स्टेजको बाँया किनारमा प्रधानमन्त्री पुग्दा पुन लाईन आएको सिग्नल आए पछि प्रधान मन्त्री माइक भएको स्थान तिर आउनु भयो । 

पुन माइकमा आएर प्रधानमन्त्री ओलीले लाइनको गए पछि आफूले भन्न खोजेको सवै कुरा सहभागीहरुले बुझ्नु भयो होला भन्दै बोल्न शुरु गर्नु भयो । उहाँले पुन बोल्नेक्रममा खेल जगत देखि कृषि, सिंचाई, बाटो, विजुली क्षेत्रको विकासमा ठूलो काम गर्ने बताउनु भयो । देशकै प्रधानमन्त्री आउँदा दमक क्षेत्रको विधुत अबरोधले सयौं दर्शकमाझ भईरहेको कार्यक्रममा फरक खालको खैलाबैला मच्चिएको थियो ।

झापामा करौडौको बजेट र योजना 
        २ दिनका लागि झापा आउनु भएका प्रधानमन्त्री ओली झापाका दर्जन बढी ठूल्ठूला योजना र कार्यक्रमहरुको शिल्यान्यास तथा उद्घाटन गर्नु भयो । आज मात्र दमकको खानेपानी उद्घाटन, दमक नगरपालिकामा यस नगरको पहिलो नागरिक धिमालको प्रतिमा अनावरण, दमक ६ मा रहेको १ करोड ३० लाख भन्दा माथिको नमूना सडक उद्घाटन समेत गर्नु भयो । विहान १० बजेर १२ मिनेट तिर प्रधानमन्त्री ओलीले दमकको विकास लागि प्रदेश नम्बर १ को राजधानी नै हुन आवश्यक नरहेको समेत बताउनु भयो । दमक रवि चिसापानी सडक खण्ड बहु बर्षीय योजनामा परेकोले ठेकेदारले काम नै नगरे पनि अव दमक देखि राँके निश्चितरुपमा डबल ल्याण्डको मार्गको रुपमा जोडिने बताउनु भयो । यस्तै रंगशालाको विवाद मिलाएर गए अरवौं रकम भित्राएर अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने बताउनु भयो । यसैगरी नेपालमा एउटा पनि राम्रो रंगशाला नभइरहेको अवस्थामा ७ दिनमै क्रिकेट मैदान समेत निर्माण गर्ने बताउनु भयो । तर यसका लागि अमेरिका र चिनले जमिन दिन नसक्ने भन्दै कम्तिमा २५ विगाह जग्गाको व्यवस्थापन भए १ सातामा सिल्यान्यास गरी १ बर्ष भित्रमा क्रिकेट खेलमैदान तयार गरिने दावी गर्नु भयो ।

      यस्तै ओलीले झापामा भने पछि देश विदेशले प्रवेश गरिसक्दा थाहा पाउने गरी विकास गर्नु पर्ने बताउनु भयो । त्यसका लागि बृक्षरोपणमा फल दिने खालका बोट विरुवा लगाउँन नगरबासीलाई आग्रह समेत गर्नु भयो । खानेपानीको औधी माग भईरहेको दमकमा आगामी बर्षसम्म वडा वडासम्म खानेपानीको व्यवस्था भईसक्ने बताउनु भयो । प्रदेश नम्बर ६ ले कर्णाली नामकरण गरेर राजधानी समेत निर्धारण गरिसकेको अवस्थामा अव प्रदेश नम्बर १ ले पनि ढिलो गर्न नहुने बताउनु भयो । कार्यक्रममा उपस्थित प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई इन्कित गर्दै प्रदेश नम्बर १ को नामाकरण कोशी या सगरमाथा राख्दा फरक नपर्ने समेत बताउनु भयो ।
यस्तै दमकको नमूना सडक उद्घाटन कार्यक्रममा बोल्दै दमकमा बनेको दमक ६ को जस्तो नमूना सडक अव दमकमा सवै तिर हुनु पर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले पहिले आफूले खोलाको पाता फर्काउँछु भन्दा गिज्याउने मानिसहरुलाई अहिले आपूmले गतिलो जवाफ दिएको बताउँदै दमक क्षेत्रमा भएका पुल, बाटो, नदिनाला तटबन्धनले दमक र झापा मात्र नभएर देश समृद्धि तर्फ लागेको बताउनु भयो । प्रधानमन्त्री ओलीले बजार क्षेत्रमा भएका अव्यवस्थित तारहरु तत्काल हटाउने कार्य अगाडि बढाउनु पर्ने समेत बताउनु भयो ।
यस्तै दमक नगर पालिकाको आयोजनामा आज देखि हुने दमक गोल्डकपमा बोल्दै प्रधानमन्त्री ओलीले विश्वमा बहादुरीता कमाईरहेका नेपालीहरुले अव खेल जगतबाट पनि नाम उच्च राख्नु पर्ने बताउनु भयो । यसका लागि अव चाँडै अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने बताउनु भयो । गोल्डकप उद्घाटनमा ओलीले अव ११ महिना पछि हुने साफ गेम खेलाउने उत्कृष्ट रंगशाला समेत नेपालमा अभाव रहेको बताउनु भयो । उद्घाटन कार्यक्रममा मुख्य मन्त्री शेरधन राईले अवको प्रदेश नम्बर १ को सरकारले खेललाई उच्च प्राथमिकतामा राखेर विकास गरिने बताउनु भयो । यता युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दमकमा पहिलो ऐतिहासिक खेलको आयोजना गरी दमक नगर पालिकाले खेल विकासमा ठूलो कार्य गरेको भन्दै आयोजक तथा खेलाडीलाई शुभकामना दिनु भयो ।
दमक खेल उद्घाटन कार्यक्रममा दमकमा बस्नु हुने वरिष्ठ लोक गायक एलपी जोशीलाई नगद रु १ लाख रुपयाँ सहित नगर प्रमुख सम्मानले प्रधानमन्त्रीले सम्मान गर्नु भएको छ ।
यति धेरै विकासका कार्य र योजनाहरु बोलिसकेर दमक गोल्डकपको उद्घाटन कार्यक्रममा बोल्नेक्रममा विधुत जाँदा प्रधानमन्त्री ओलीको बोलि निक्कैवेर रोकिनुले राज्यको कर्मचारीको लार्पावाही वा के हो भन्ने कुरा धेरै नागरिकले बुझ्न चाहेका छन् ।

See live video by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here