भूटानी अगुवाबाट प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र –भिडियो सहित

0
1569

भूटानी शरणार्थी अगुवाको प्रधानमन्त्रीसँगको १६ सेकेन्डको भेट

१९ बैशाख २०७५/डिकेश लामा
  दमक/ प्रधानमन्त्री केपी ओलीलाई आज दमकमा भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिको तर्फबाट ज्ञापन पत्र बुझाइएको छ ।
   दमकको नमूना सडक उद्घाटन कार्यक्रममा भेट गरी प्रधानमन्त्री ओलीलाई पथरी शनिश्चरे शिविर व्यवस्थापन समितिका सचीव चम्पासिंह राईले ज्ञापन पत्र बुझाउनु भएको हो । कार्यक्रमको व्यस्तता माझ ओलीले ज्ञापन पत्र बुझ्दै शरणार्थीहरुको समस्या समाधानबारे कुराकानी चलिरहेको र यसको प्रकृया अगाडि बढाइएको भन्दै सचीव राईलाई आश्वासन दिनु भएको राईले जानकारी दिनु भयो ।
विहान देखि नै निक्कै तरतम्यार गरेर प्रधानमन्त्री ओलीलाई भेट्ने समय छोटा भए पनि मिलेको शरणार्थी अगुवाहरु सतुष्ट नै रहेको बताएका छन् ।

तथापि उनीहरुको मुद्धा भने समाधानको पक्षमा के हुन्छ भन्ने कुरा चाँही प्रधानमन्त्रीले स्पष्ट सम्बोधन नगर्दा भने शरणार्थीहरुलाई खल्लो लागेको शरणार्थीहरु बताउँछन् ।    प्रधानमन्त्री ओलीलाई शरणार्थीको स्वदेश फिर्ती , तेस्रो मुलुक पुनर्वास, स्थानीयकरण, अन्तराष्ट्रियकरण र दर्ता छुट भएकाहरुलाई दर्ता प्रकृयाको माग गर्दै ५ बूँदे माग सहितको ज्ञापन पत्र बुझाइएको बताइएको छ । यस अघि प्रधानमन्त्री ओलीलाई भेट्न काठमाण्डौं पुगेको टोलीलाई झापामा आएको बखत भेटेर शरणार्थी मुद्धाबारे जानकारी लिने भनिएको भए पनि सहज वातावरणमा प्रधानमन्त्री ओलीसँग भेट हुन भने नसकेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

See live video by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here