एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ हुने

0
877
प्रेस विज्ञप्ति
काठमाडौं, वैशाख १३ । प्रकाशक फाइनप्रिन्टले देशका विभिन्न ठाउँमा एकदिने घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने गर्दै छ । उक्त महोत्सव पहिलो चरणमा सुर्खेत (वैशाख १५), धनगढी (वैशाख १७) र कोहलपुर (वैशाख १८) मा हुनेछ ।
पहिलो पटक हुन लागेको महोत्सवको उद्देश्य राजधानीमा केन्द्रित लेखक र मोफसलका पाठकबीच सेतुको काम गर्नु हो ।
महोत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तकका लेखकहरु मदनकृष्ण श्रेष्ठ, हरिबहादुर थापा, युग पाठक, शिवानी सिंह थारु, अमर न्यौपाने, यज्ञश र नयनराज पाण्डे तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन् ।
‘फाइनप्रिन्टले आफ्नो स्थापनाकालदेखि नै नेपालमा पठन संस्कृतिको विकासका लागि काम गर्ने कोसिस गरिरहेको छ,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यसपटकको महोत्सव पनि त्यसैको एउटा प्रयास हो ।’
महोत्सवमा सहभागी हुने मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाहले पनि यस किसिमका महोत्सवले लेखक र पाठकबीचको सम्बन्धमा न्यानोपन ल्याउन सघाउ पु¥याउने उनले बताए । ‘प्रहरी सेवामा जागिरे भएका कारण समयसमयमा विभिन्न ठाउँमा पोस्टिङ हुने भएकाले मैले पहिलेका साहित्यिक कार्यक्रम÷महोत्सवमा सहभागी हुने अवसर पाएको थिइनँ,’ उनले भने, ‘तर म पहिलोपटक फाइनप्रिन्ट फिभरमा सहभागी हुँदै छु । पाठकसँगको साक्षात्कारका लागि म उत्साहित छु ।’
‘फाइनप्रिन्ट फिभर’ को दोस्रो चरण जेठमा हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here