मैले देखेको दरबार अब अङ्ग्रेजीमा

0
1319

प्रेस विज्ञप्ति
काठमाडौं, वैशाख १० | राजाका पूर्व सैनिक सचिव विवेक कुमार शाहको पुस्तक मैले देखेको दरबारको अङ्ग्रेजी संस्करण ‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ बजारमा आएको छ । सन् २०१० प्रकाशित ‘मैले देखेको दरबार’ले राजनीतिक वृत्तमा तहल्का मचाएको थियो । साथै, यो पुस्तक सर्वाधिक बिक्री र टिप्पणी गरिएको पुस्तकको सूचीमा परेको थियो । 

‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ले पाठकलाई नारायणहिटी दरबारको रहस्यभित्र पु¥याउँछ र राजदरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको ‘कु’, माओवादी जनयुद्ध र त्यसको जन्म र त्यसलाई मलजल गर्ने शक्ति, माओवादी र मूलधारका सात पार्टीबीच भएको वृस्तृत १२ बुँदे सहमति, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जस्ता  हाम्रो समयका महङ्खपूर्ण घटनाहरुबारे ‘भित्री दृष्टिकोण’ (इनसाइड भ्यू) प्रस्तुत गर्दछ । साहस र व्यक्तिगत हानीलाई नजरअन्दाज गरेर लेखिएको यस पुस्तक नेपालको समसामयिक इतिहास बुझ्नका लागि उपयोगी हुनेछ ।  

‘मैले देखेको दरबार’ प्रकाशित हुनेबित्तिकै लेखक शाहलाई धैरै साथीहरुले पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गर्नका लागि अनुरोध गरेका थिए । शाहले भने, ‘ढिलै भए पनि पुस्तक अङ्ग्रेजीमा अनुवाद भएको छ । नेपाली पढ्न नसक्ने पाठकहरुले अब मेरो पुस्तक पढ्न पाउने छन् । त्यसैले म अत्यन्तै खुसी छु ।’ उनले थपे, ‘पुस्तक एक जीवन्त इतिहास हो । यसले हालसालैको नेपाली इतिहासबारे केही अन्र्तदृष्टि प्रदान गर्दछ ।’ 

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । पुस्तक मोटो गातामा छ र यसको मुल्य एक हजार बाह्र रुपैया राखिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here