प्रधानमन्त्रीले दमकका चार योजनाको शिल्यान्यास तथा उद्घाटन गर्ने

प्रधानमन्त्रीको हातबाट अग्रज लोक गायक जोशीलाई सम्मान हुने 

0
957

प्रधानमन्त्रीको हातबाट अग्रज लोक गायक जोशीलाई सम्मान हुने 

बैशाख १६ गते/ डिकेश लामा 
दमक/झापाको दमक नगर पालिकाले पछिल्लो समय निर्माण कार्य सम्पन्न गरेका कार्यको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी १९ गते उद्घाटन हुने भएको छ । आज दमकमा पत्रकार सम्मेलन गर्दै नगर पालिकाले सो कुराको जानकारी दिएको हो । सम्मेलनमा नगरका उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले दमक नगरमा निर्माण सम्पन्न प्रथम नागरिक धिमालजातिको प्रतिमा अनावरण, दमक नमूना मार्ग उद्घाटन, दमक १ खानेपानी योजना शिल्यान्यास र दमक गोल्डकप २०७५ को उद्घाटन हुने बताउनु भयो ।
दमकले खासगरी दमकका गौरवशाली योजनाहरु फाल्गुनन्द सभागृह, विश्वको अग्लो बुद्धको मुर्ति निर्माण, औधोगिक पार्क, चक्रपथ, मुक्तिघाट निर्माण लगायतका कार्यहरुको भूमि मुआव्दा, डिपीआरका कार्यहरु अगाडि बढाइएको बताइएको छ । सम्मेलनमा दमक क्षेत्रको विकासका गतिविधिबारे के के भएका छन् भन्ने कुरालाई संचारकर्मीले नागरिक समक्ष जानकारी गर्ने भएकोले सक्दो नगरका गतिविधि खोजेर लेख्न आग्रह समेत गर्नु भयो । स्थानीय क्षेत्रका कुराहरुलाई विश्वसामु लान संचारकर्मीले सुझाव समेत दिनु पर्ने मेयर ओलीले बताउनु भयो ।
सम्मेलनमा नगरले निर्माण गरिरहेका १ सय ८५ वटा विकास योजनाहरु ५ करोड २५ लाख बराबरको संचालनमा रहेको बताइएको छ । जन सहभागितमा ४४ ओटा योजना ५ करोड २० लाखमा निर्माण भईरहेको बताइएको छ । यस्तै १० वटा कल्भर्ट १ करोड ५८ लाखको लगानीमा निर्माण कार्य बढिरहेको समेत बताइएको छ । यस बाहेक न्यायिक कार्यमा १ सय भन्दा बढी मुद्धामामिला स्थानीय तहमा नै समाधान गरिएको उपप्रमुख अधिकारीले बताउनु भयो ।
यसैबीच दमक नगर पालिकाले दमक नगर क्षेत्रमा बसोबास गरी उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत अग्रज लोक गायक एपी जोशीलाई सम्मान गरिने भएको छ । १९ गते प्रधान मन्त्री केपी ओलीको हातबाट अग्रज गायक जोशीलाई नगद १ लाख सहित सम्मान गरिने सम्मेलनमा उपमेयर अधिकारीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here