चुलाचुली बम विष्फोटमा ३ लाख ८६ हजार नोक्शान

विकासका लागि सवैको सहमतिको खाँचो

0
1183

विकासका लागि सवैको सहमतिको खाँचो

 बैशाख १६ गते/ डिकेश लमा
दमक/इलामको चुलाचुली गाऊँ पालिकामा गत बैशाख १ गते भएको बम विष्फोटबाट ३ लाख ८६ हजार ९ सय ५० रुपयाँ बराबरको धनमाल नोक्शान भएको छ ।
आज गाऊ पालिकाको आयोजना राजनैतिक तथा सामाजिक भेला कार्यक्रमबीच सो कुरा जानकारी गरिएको हो । बम विष्फोट कसले गराएको हो भन्ने कुरा अझै पनि खुल्न नसकिएको चुलाचुली गाऊँ पालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनु भयो । राजनै

तिक तथा सामाजिक प्रतिनिधिहरुको राय सल्लाह संकलनमा नेपाली काँग्रेशका नेता राजेन्द्र केरुङ्गले पारदर्शी र विकासका काममा वृहत छलफल नभएको जन गुनासो आएको बताउनु भयो । ५ बर्षका लागि निर्वाचित जन प्रतिनिधिहरुले आफू खुशी काम गरेकोले भ्रष्टचार समेत हुने गरेको समेत आरोप लगाउनु भयो । कार्यक्रममा बम विष्फोटको घटना कुनै पार्टीले गरेको भए यसलाई स्वीकार गरेर स्पष्ट पार्न समेत बक्ताहरुले माग गरेका छन् ।

यता चुलाचुली क्षेत्रमा जनप्रतिनिधि सवै बसेर जनताको विकासका लागि आफूहरुले सक्दो र पारदर्शी ढंगबाट नै काम गरेको अध्यक्ष राईले बताउनु भयो । राईले विकासका काममा सवै राजनैतिक दल, सामाजिक अगुवाहरुले सहयोग र सहकार्य आग्रह समेत गर्नु भयो । कार्यक्रममा राजनैतिक तथा सामाजिक अगुवाहरु विष्णु भक्त पोखरेल, वलिभद्र कोइराला, न्यूसन राई, विपिन योङ्या, गंगा साउदेन, बर्तकुमार राई, शुभमाया राईहरुले बम विष्फोट घटना दुखद भएको बताएका छन् । उनीहरुले बम राखेर भौतिक संरचना ध्वस्त पार्नुका सट्टा वसेर छलफल गरेर भए गरेका कामहरुको गल्ति कम्जोरी सुधारेर लानु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा चुलाचुलीको विकासका लागि सवैको सहकार्य र सहयोगको खाँचो भएको बताइएको छ । जसका लागि गाऊँ पालिकाले निर्वाचित प्रतिनिधिमात्र नभई सवैलाई समेटेर लानु पर्नेमा जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here