१ चैत्र, काठमाण्डौं । नेपाल पहिलोपटक एकदिवसीय मान्यता पाउन सफल भएको छ । आज भएको आइसीसी विश्वकप छनौटको प्लेअपमा पपुवा न्यूगिनीलाई ६ विवेटले पराजित गरेर एकदिवसीय मान्यताको ढोका पक्का गरेको नेपालका लागि हङकङ र नेदरल्याण्डको खेल महत्वपुर्ण बनेको थियो । नेदरल्याण्डसँग हङकङ ४४ रनले पराजित भएसँगै नेपालले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता प्राप्त गरेको हो । हङकङले आज नेदरल्याण्डलाई जितेको भएचाँही नेपालले एकदिवसीय मान्यता प्राप्त गर्नका लागि हङकङलाई नै शनिबार हुने खेलमा जित्नपर्ने बाध्यता हुने थियो । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ । यस्तै निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ । यसअघि आज भएको प्लेअप खेलमा नेपालले पपुवा न्यूगिनीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ औं ओभरमा भेट्टाएर एकदिवसीय खेलको मान्यताका लागि आफूलाई बलियो रुपमा प्रस्तुत गरेको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट ५० रनको योगदान दिदा आरिफ सेखले २६ रनको योगदान दिए । यस्तै कप्तान पारस खड्काले २० र रोहित कुमार पौडेलले नटआउट ३ रनको योगदान दिए । उपकप्तान ज्ञानेन्द्र मल्ल भने आज पनि सस्तैमा आउट भए । उनि १ रनमा आउट भएका थिए । यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले पपुवा न्यूगिनलाई २७.२ ओभरमा अलआउट गर्दै १ सय १४ रनमा समेटेको थिए । नेपाली बलर सामुन्न निरिहप्रायः देखिएका पपुवा न्यूगिनीका ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेन । नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान चार चार विकेट लिदा करण केसी र सोमपाल कामीले एक एक विकेट लिए ।
ताजा पोष्ट
नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ
काठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन्...
बेलडाँगीमा ‘दियालो’को पाँचौँ वार्षिक साहित्यिक उत्सव सम्पन्न
दियालोको पाँचौँ अङ्क सार्वजनिक, रचना वाचन र सांस्कृतिक प्रस्तुतिसहित भुटानी साहित्यको भव्य उत्सव
अर्जुन प्रधान
भुटानी साहित्यिक क्षेत्रको प्रवर्धन र स्रष्टाहरूको सम्मानका...
“It’s About People”: Justin Douglas on ICE Deportations, Democratic Courage, and the Fight for...
Justin Douglas is a Dauphin County Commissioner and Democratic congressional candidate running in Pennsylvania’s 10th District against Republican incumbent Scott Perry. Elected...












