१ चैत्र, काठमाण्डौं । नेपाल पहिलोपटक एकदिवसीय मान्यता पाउन सफल भएको छ । आज भएको आइसीसी विश्वकप छनौटको प्लेअपमा पपुवा न्यूगिनीलाई ६ विवेटले पराजित गरेर एकदिवसीय मान्यताको ढोका पक्का गरेको नेपालका लागि हङकङ र नेदरल्याण्डको खेल महत्वपुर्ण बनेको थियो । नेदरल्याण्डसँग हङकङ ४४ रनले पराजित भएसँगै नेपालले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता प्राप्त गरेको हो । हङकङले आज नेदरल्याण्डलाई जितेको भएचाँही नेपालले एकदिवसीय मान्यता प्राप्त गर्नका लागि हङकङलाई नै शनिबार हुने खेलमा जित्नपर्ने बाध्यता हुने थियो । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ । यस्तै निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ । यसअघि आज भएको प्लेअप खेलमा नेपालले पपुवा न्यूगिनीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ औं ओभरमा भेट्टाएर एकदिवसीय खेलको मान्यताका लागि आफूलाई बलियो रुपमा प्रस्तुत गरेको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट ५० रनको योगदान दिदा आरिफ सेखले २६ रनको योगदान दिए । यस्तै कप्तान पारस खड्काले २० र रोहित कुमार पौडेलले नटआउट ३ रनको योगदान दिए । उपकप्तान ज्ञानेन्द्र मल्ल भने आज पनि सस्तैमा आउट भए । उनि १ रनमा आउट भएका थिए । यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले पपुवा न्यूगिनलाई २७.२ ओभरमा अलआउट गर्दै १ सय १४ रनमा समेटेको थिए । नेपाली बलर सामुन्न निरिहप्रायः देखिएका पपुवा न्यूगिनीका ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेन । नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान चार चार विकेट लिदा करण केसी र सोमपाल कामीले एक एक विकेट लिए ।
ताजा पोष्ट
‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...
अभिनयबाट आत्मपहिचान खोज्दै: आयुशा समालको नेपाली फिल्ममा डेब्यु
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
तीन वर्षको उमेरमा अमेरिका पुगेकी आयुशा समाल अहिले नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ मार्फत आफ्नो अभिनय यात्रा सुरु गर्दैछिन्। भुटानी शरणार्थी...
“परमेश्वरको सौन्दर्यलाई समेट्दै” भन्ने नारासहित ख्रीष्टियन मिडिया कार्यशाला सम्पन्न
ललितपुर, असार १७ “परमेश्वरको सौन्दर्यलाई समेट्दै” भन्ने प्रेरणादायी नारासहित सुरु गरिएको दुईदिने राष्ट्रिय ख्रीष्टियन मिडिया कार्यशाला मंगलबार ललितपुरको गोदावरीस्थित भ्यु भृकुटी होटलमा...