विनोदको विकास, नगर कै नमूना

मासिक ७० हजार देखि १ लाखसम्म कमाई

0
1631

मासिक ७० हजार देखि १ लाखसम्म कमाई

 
१ चैत्र, २०७४/डिकेश लामा
दमक/ झापाको दमकमा रहेका एक युवाले घरमै कृषि तथा पशु पालन गरेर मनग्ये आम्दानी गर्न थालेका छन् ।
दमक वडा नं. ३ नवजागरण टोल विकास संस्थाका सदस्य २७ बर्षीय विनोद तामाङले आफै रोजगारको बाटो खोलेर पछिल्लो समय आम्दानी गर्न थालेका हुन् । स्वदेशमा काम छैन, रोजगार नै पाईदैन भन्ने सोच गल्ति भएको भन्दै दमक नगर पालिका वडा नं. ३ का तामाङले २ विगाह धान तथा अन्नबाली रोप्ने खेतमा घाँस रोपेर व्यवसायिक पशुपालन शुरु गरेका छन् । विनोदले साना ठूला गरेर अहिले २० वटा गाई पाल्नु भएको छ । दैनिक ५० देखि ६० लिटर दुध घरबाटै विक्री हुन्छ । २ विगाह हाराहारीमा घाँस खेती गरेर शुरु गरेको गाई, बंगुर र माछा पालनले अहिले विनोद तामाङको परिवारलाई मनग्ये आय स्रोतको बाटो खुलेको छ । अर्काको आशा गरेर रोजगारी खोज्यो भने नेपालमा मुश्किल नै छ विनोदको विचारमा । रोजगार अरुले दिने भन्दा पनि आफूले अरुलाई दिन सकियो भने देशमा विकास समेत चाँडो हुने उहाँको ठम्याई छ । 
बंगुर हटाएर पनि पछिल्लो समय विनोदले गाईको दुध वेचेर मात्र ६० देखि ७५ हजार आम्दानी गर्न सक्छन् । उन्नत जातको गोरुबाट मात्रै महिनामा २० देखि ३० हजार रकम संकलन गर्नु हुन्छ । त्यसो त छोरालाई विदेश जान्छन् भने जा पनि आमा बुबाले नभनेका होइनन् । तर छोराले नेपालमै बसेर पनि केही गर्न सकिन्छ भनेर बाहिर जान मानेन, विनोदकी आमा ६३ बर्षीय नैनामाया बताउनु हुन्छ । स्नातक तह अध्ययन गर्नु भएका विनोदले आफू मात्र रोजगार बनेनन् कि घरका अन्य ४ जना सदस्यलाई समेत रोजगारमुलक बनाउनु भयो ।
विनोदले गरेको माछा, बंगुर, घाँसखती र गाई पालन दमक नगरका युवा पुस्ताको राम्रो उदाहरण भएको नवजागरण कृषक समूहका पूर्व अध्यक्ष दलबहादुर राईले बताउनु भयो ।
हरेक दिन गाई, बगुंर र माछासँग रमाउने विनोद यसवेला दमक नगर पालिकाको युवा बर्गमा नमूना बन्नु भएको छ । दैनिक रोजगारको खोजीमा विदेशी रहेका १ हजार ५ सय भन्दा धेरै युवाहरुको माझमा विनोदको मेहनेतले राम्रो पाठ सिकाएको छ ।

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here