नेपालद्वारा पपुवा न्यूगिनी ६ विकेटले पराजित, एक दिवसीय मान्यताको ढोका खुल्ला

0
993

१ चैत्र, काठमाण्डौं । आइसीसी विश्वकप छनौटको प्लेअपमा नेपालले पपुवा न्यूगिनीलाई ६ विवेटले पराजित गर्दै एकदिवसीय मान्यताको ढोका खुल्ला गरेको छ । पपुवा न्यूगिनीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा २३ औं ओभरमा पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट ५० रनको योगदान दिदा आरिफ सेखले २६ रनको योगदान दिए । यस्तै कप्तान पारस खड्काले २० र रोहित कुमार पौडेलले नटआउट ३ रनको योगदान दिए । उपकप्तान ज्ञानेन्द्र मल्ल भने आज पनि सस्तैमा आउट भए । उनि १ रनमा आउट भएका थिए । यसअघि टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले पपुवा न्यूगिनलाई २७.२ ओभरमा अलआउट गर्दै १ सय १४ रनमा समेटेको थिए । नेपाली बलर सामुन्न निरिहप्रायः देखिएका पपुवा न्यूगिनीका ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेन । नेपालका लागि सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान चार चार विकेट लिदा करण केसी र सोमपाल कामीले एक एक विकेट लिए । नेपालका लागि अब एकदिवसीय मान्यताको ढोका पनि खुल्ला भएको छ । यदी अहिले भइरहेको खेलमा नेदरल्याण्डले हङकङलाई हराएमा नेपालले एक दिवसीय मान्यता पाउनेछ । अन्यथा एकदिवसीय मान्यताका लागि नेपालले फेरी शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here