पोष्ट रिपोर्ट: ज्योति भट्टराई, काठमाडौं | उपन्यासमा लेखकले नै ‘बदिनी’जस्ता अपशब्द प्रयोग गरेकोमा उनले आपत्ति जनाइन् । ‘उक्त शब्द सम्बोधन होइन, गाली हो,’ उनले भनिन्, ‘बदिनी’ शब्द गालीका रूपमा प्रयोग गरिन्थ्यो । उहाँले त्यति पनि हेक्का राख्नुभएन, सम्बोधनका रूपमा उल्लेख गर्नुभयो ।’
दाङ बादी समुदायका बारेमा लेखिएको खोजमूलक उपन्यास ‘नथिया’माथि विमर्श गर्न लेखिका सरस्वती प्रतीक्षा यतिबेला मोफसल यात्रामा छिन् । यही क्रममा उनी सोमबार दाङको घोराही आइपुगिन् । भर्खरै बजारमा आएको नथिया घोराहीनजिकै रहेको ‘पक्रैया’ बस्तीबारे लेखिएको उपन्यास हो । त्यसैले पनि कार्यक्रममा दंगालीको बाक्लो उपस्थिति थियो ।
उदाहरण समूहद्वारा आयोजित कार्यक्रममा बादी समुदायका महिला पनि सहभागी थिए । बहसका लागि लेखिका सरस्वतीसँग बादी समुदायका अगुवा निर्मला गुप्ता र निर्मल गुप्ता मञ्चमा थिए । सरस्वतीले दाङको बादी समुदायका महिलाले भोग्नुपरेको पीडामय संघर्षको विगतलाई आधार बनाएर उपन्यास लेखिएको बताइन् ।
बहसका क्रममा बादी समुदायले भने नथिया उपन्यासप्रति आपत्ति प्रकट गरे । बादी समुदायकी अगुवा निर्मला गुप्ताले उपन्यासले ‘खाटो’ बसिसकेकोे घाउलाई कोट्याएर झनै पीडा थोपर्ने काम गरेको दाबी गरिन् । ‘इतिहासलाई तोडमरोड गरेर झनै पीडा थप्ने काम भएको छ,’ निर्मलाले भनिन्, ‘उपन्यास पढ्दा शरीरभरि काँडा उम्रिए । शरीर भारी महसुस भएर आयो । उपन्यासमा बादी समुदायका सबै महिला देहव्यापार नै गर्थे भन्ने देखाइएको छ । तर, त्यो झुट हो ।’ उनले त्यो वेला पनि बादी समुदायका धेरै महिलाले देहव्यापार नगर्ने गरेको स्पष्ट पारिन् । उपन्यासमा लेखकले नै ‘बदिनी’जस्ता अपशब्द प्रयोग गरेकोमा उनले आपत्ति जनाइन् । ‘उक्त शब्द सम्बोधन होइन, गाली हो,’ उनले भनिन्, ‘बदिनी’ शब्द गालीका रूपमा प्रयोग गरिन्थ्यो । उहाँले त्यति पनि हेक्का राख्नुभएन, सम्बोधनका रूपमा उल्लेख गर्नुभयो ।’
‘बादी त पुरुष पनि हो, महिला पनि हो,’ उनले भनिन्, ‘उपन्यासमा बिहे गरिसकेपछि पनि पात्रले अरूसँग यौनसम्बन्ध राख्नुपरेको कुरा उल्लेख छ । तर, त्यसो हुँदै होइन । विवाह गरिसकेपछि बादी समुदायका म बादी समुदायका अगुवा निर्मल बादीले दाङलाई केन्द्रबिन्दु बनाएर लेखिएको उपन्यासमा भाषा भने बैतडी, बझाङको प्रयोग गरेकोमा असन्तुष्टि जनाए । बादी समुदायका पुरुषलाई कामै नलाग्ने मानिसका रूपमा परिभाषित गरिएको भन्दै उनले त्यतिवेला बादी समुदायका महिलामाथि हुने यौनशोषणका घटनामा पुरुषले विद्रोह गरेको घटना पनि भएको स्मरण गराएहिला पूर्णतः पतिव्रता थिए । उनीहरूले परपुरुषसँग सम्बन्ध राखेको अहिलेसम्म भेटिएको छैन ।’ निर्मलाले उपन्यासमा उल्लेख भएका केही पात्रका कारण हालका बादी समुदायका महिलासमेत आरोपित हुने सम्भावना बढेको बताइन् ।
‘उपन्यासमा उल्लेख भएका पात्रका जस्तै नाम भएका महिला अहिले पनि छन् । उपन्यासकै उनीहरू कारण आरोपित हुने सम्भावना बढेको छ । लेखेकले यति संवेदनशील विषयमा अलिक गम्भीर भइदिनुपथ्र्यो,’ निर्मलाले भनिन् । बादी समुदायका अगुवा निर्मल बादीले दाङलाई केन्द्रबिन्दु बनाएर लेखिएको उपन्यासमा भाषा भने बैतडी, बझाङको प्रयोग गरेकोमा असन्तुष्टि जनाए । बादी समुदायका पुरुषलाई कामै नलाग्ने मानिसका रूपमा परिभाषित गरिएको भन्दै उनले त्यतिवेला बादी समुदायका महिलामाथि हुने यौनशोषणका घटनामा पुरुषले विद्रोह गरेको घटना पनि भएको स्मरण गराए ।
लेखक सरस्वती प्रतीक्षाले नथिया उपन्यासको मध्यान्तर मात्र भएको र अर्को उपन्यास लेखेर हाल छुटेका विषयवस्तु समेटिने बताउँदै जोगिने प्रयास गरिन् । भाषाका सवालमा बादी समुदायका अगुवाहरूसँग सल्लाह गरेर सकेसम्म स्पष्टता ल्याउन खोजिएको उनले बताइन् । ‘उपन्यासको अन्त्यमा मैले मध्यान्तर लेखेको छु । केही कुरा छुटेका वा नमिलेका पनि हुन सक्छन् ।
लेखकको काम तलाउमा ढुंगा हान्ने हो, त्यसबाट तरंग उत्पन्न हुनु स्वाभाविक छ,’ उनले भनिन्, ‘पीडा भोगेका महिलाले बताएको कथालाई नै उतारेकी छु । छुटेका कुरा अर्को भागमा समेटिनेछन् ।’ कार्यक्रमको सहजीकरण कवि घनश्याम ‘अस्तित्व’ले गरेका थिए भने बहसको सहजीकरण कवि नवीन ‘अभिलाषीले’ गरेका थिए ।