प्यारो लाग्छ! मलाइ यो जगतमा टाढै पुगौँ ता पनि।
नौलो देश विषे कतै पवन झैँ उड्दै रहूँ ता पनि।।
निद्राको-सपना हुँदी मन सधैँ दौडी चली गै उहाँ।
वारी-पारि त घुम्छ ढुक्कसँगले तुर्सा नदी छिन् जहाँ।।१।।
छिन् माता धरणी तेतै म पनि लौ हेर्दै बढेथेँ जसै।
\तुर्साको जब तीरको स्मरणले पग्लन्छ छाती यसै।।
मेरो गाउँ-मुनी विशाल जलकी तुर्सानदी बग्द छिन्।
झादीँछिन्, अनि पाउ भारत र फेर् तिब्बत् तकिया गरीन्।।२।।
शान्ती निर्मलको चिसो-हिमजलै लीईउनी झर्दछिन्।
लेकाली, अउले पहाड भरिको जो कान्ति हो छर्दछिन्।।
हा, साम्छ्यू अनि नेछ्यु, पाछ्यु बटुली लिन्छिन् सहारा अझै।
क्रान्ती वेग छ शान्तिको जल भरी बग्छिन् छचल्का दिँदै।।३।।
हेर्दाछन् त चुचे पहाड रमीता वारी र पारी कति।
सुन्दर्शान्ति विशाल वाग वनले घेर्छन् किनारा उती।।
काहीँ छन् त अगम्यका ति पहरा सुन्दर् पखेरा कतै।
वन्केरा अनि बाँस, वृक्ष, लहरा लाग्दो रमीता सबै।।४।।
गाउँ, गोठ किसान- खेत भरिला बारी बगैँचा भरै।
काहीँ धान र कागुनी अनि मकै, कोदो, गहूँ, फापरै।।
फल्छन् ती बडहर् र आँप, कटहर् , अम्बक्, रसीला कति।
सुन्तोला अनि कागती र कति खोल्सामा अलैँची भरी।।५।।
तेस्तै छन् ति नदी किनार भरिमा बाँजो कस्यानी भरी।
नाघ्दै गाउँ उछीन्न पो बगरमा खेती उमारे सरी।।
सोभा-रंग वशन्तमा वन विषे छर्छन् त वन्फूलनै।
धोबी, साज छ वर्षका ऋतु महा फूली भकिम्लो सँगै।।६।।
झन्वाशान्ति निकुन्जमै- रुखभरी, मग् मग् वनै वन्भरी।
वारी पारि सुवासना जब-छरी सूनाखरीले गरी।।
यस्तै स्वच्छ, सुरम्य गाउँ, वनले पारी, अलंकार् गरी।
गर्जिन्छिन् ति पहाडमा गड-गडाउँदै र ठक्कर् परी।।७।।
कोही ठाउँ फराकिला बगरछन्! भीरै कटी बीच मै।
आफ्नै वेग छ तीव्रको गति गरी बग्छिन् त तुर्सा सधैँ।।
मेरो गाउँ इनेँ-नदी नजिकमा पहाडको काखमा। तु
र्साको छ चिसो-बतास पिउँदै झल्कीन्छ ऊद्यानमा।।८।।
तुर्सासामु महा अझै अरु कला भर्छन् कतीले तहाँ।
पक्षी औ पशु वन् भरी पनि-घुमी खेल्छन् नदी तीरमा।।
वैशाखी दिनमा वशन्त ऋतुको आनन्दताले गरी।
वारी पारि ति न्याउली स्वर-मिठो घन्काउँछन् वन् भरी।।९।।
छेऊ छाउ निकुन्जमा वन चरा छन् कोइली, काग नै।
कुर्ली नाच्छन ढुक्कुरै र कति उड्छन्गौंथली, चाँचरै।।
साँच्चै मन् मन लाग्छ हुन्छ रमीता हेर्दै लगे सुन्दरै।
तुर्साको जलपान गर्न छ कठीन्, धेरै चिसो हुन्छ नै।।१०।।
भर्लाग्दो बल पाइने शरिरमा रोगादि जाने अझ।
तुर्साको जलले सुतृप्त नहुने भूटानमा को छर।।
\उक्कालो र भीरै समाति हिँड्दै गड्तीरमा मानिसै।
बोकी ढाकरमा त भारि जनले गर्थे बजारै सबै।।११।।
लेखक- श्याम खनाल (SP Khoriya)
Colorado, USA











