शरणार्थी समस्या समाधानका लागि मेयरहरुसँग भेटघाट

राशन कटौतीको विषयमा दातृ निकायसँग छलफल गरिने

0
1713

राशन कटौतीको विषयमा दातृ निकायसँग छलफल गरिने

 
२९ फाल्गुन २०७४/डिकेश लामा
दमक/ झापा तथा मोरङ्गमा रहेका भूटानी शरणार्थी अगुवाहरुले आज शरणार्थी समस्या समाधानका लागि स्थानीय नगर प्रमुखहरुसँग सहयोग गरि दिन माग गरेका छन् ।
शिविर व्यवस्थापन समिति वेलडाँगीका सचीव टिकाराम रसाइली र शनिश्चरे मोरङ्ग शिविरका सचीव चम्पासिंह राई सहितको एक टोलीले दमक नगर पालिकाका मेयर रोम ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै सहयोग गरिदिन माग गरेका हुन् । ज्ञापन पत्र बुझ्दै दमकका मेयर ओलीले शरणार्थी अगुवाहरुलाई शरणार्थीहरुको पछिल्लो समय कटौती गरेको राशनको विषयमा सरोकारवाला दातृ निकाय सहित छलफल बोलाई आवश्यक पहल गर्ने बताउनु भयो । शरणार्थीको दिगो समाधानका विषयमा पूनर्वास, स्थानीयकरण, स्वदेश फिर्ती लगायतका विषयमा भने माथिल्लो निकायमा जानकारी गराउने बताउनु भयो । यस्तै यता पथरी शनिश्चरे नगर पालिकाका मेयर दिलिप राईलाई पनि ज्ञापन पत्र बझाएको टोलीले जानकारी दिएको छ । टोलीले पछिल्लो समय शिविरमा आएको समस्यालाई जानकारी गराउँदै शरणार्थी समस्या समाधानका लागि माग गरिएको शिविर सचीव चम्पासिंह राईले बताउनु भयो ।

See live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here