टेक्सासका अमेरिकन भूटानी संस्थाहरू एकीकृत: अध्यक्षमा सम्पाहंग निर्वाचित

0
1366

Post Report: Feb. 5, Fort Worth.
अमेरिकाको टेक्सास राज्यमा निक्कै ठूलो संख्यामा नेपाली भाषी अमेरिकन भूटानीहरूको बसोबास रहेको छ | विशेषगरी डल्लास फोर्थ वोर्थ मेट्रोप्लेक्षमा एक दशकदेखि बहुसंख्यक नेपाली भाषी अमेरिकन भूटानीहरूको बाक्लो बस्ती बसेको यथार्थलाई नकार्न सकिन्न | त्यसैको कारण पनि यहाँ केही सङ्ख्यामा आआफ्नो किसिमले संस्थाहरू अस्तित्वमा रहेका थिए तर समग्रह समाजमा थप सत्भाव र समाजलाई थप सबल बनाउने हेतुले हिजो माघ २१गते २०१७४मा डेन्जोम सम्पान्हंगलाई अध्यक्ष छान्दै यी सम्पूर्ण संस्थाहरू एकीकृत भएका छन् |

“निकै लामो प्रयास, केही महिना देखिको छलफल, बहस, अन्तरक्रिया अनि हप्तै पिच्छेको बैठकको फलस्वरुप सिङ्गो समाज बनाउने हाम्रो सपना आज पूरा भएको छ” भनेर भूटानी लेगेसीका अध्यक्ष श्री सन्त लामाले बनाउनु भयो | भूटानी लेगेसी युवा क्लुब(Bhutanese Legacy Youth Club), भूटानी समाज – डल्लास फोर्थ वोर्थ(Organization of Bhutanese Society in DFW) र बि.सि.एस.जि(Beginners Community Support Group) गरि यी तीन संस्थाको एकीकरण साथमा समाजका अन्य युवा, बौद्धिक व्यक्तित्व, अग्रज आदि सम्मिलित भई नयाँ अवतारमा समाजलाई उच्च स्थानमा अवतरण गराउने उदेश्यक साथ यो नयाँ संस्थाको जन्म भएको विशेष स्रोतबाट हामीलाई जानकारी प्राप्त भएको छ | बि.सि.एस.जि(Beginners Community Support Group)का पुर्व अध्यक्ष नारायण सुवेदीले हाम्रो फोन सम्पर्कमा भने – “बि.सि.एस.जि(Beginners Community Support Group)लाई सफलतापूर्वक संचालन गर्दै यसै मार्फत समाज सेवा गर्दै आएको हुँ, तर एक थुकी सुकी सयौं थुकी नदि भन्ने यथार्थलाई आत्मसात गर्दै यो एकीकरणको निम्ति म अघी बढेको हुँ र खुसी छु हामी सफल भएका छौं |”

संख्यामा थप घटी बडी हुनसक्ने प्रावधान सहित हाललाई भने ३०जनाको सदस्यीय समिति जसमा अध्यक्ष, उपाध्यक्ष -राधिका सुबेदी, महासचिव-रुद्र वाग्ले, सचिव-नारायण भुजेल र कोष-गणेश कार्की गरि ५ कार्य समिति निर्माण भएको छ र रिक्त पदहरू आगामी बैठकमा पूर्ति हुने निर्णय भएको छ | एकीकृत हुन आएका सम्बन्धित् संस्थाहरूको पुर्व अध्यक्ष लगायत केही बौद्धिक युवा तथा अग्रजलाई भने उनीहरुको योगदान र अनुभवको कदरगर्दै नीति तथा सम्मति समितिमा चयन गरिएको छ |

समाजका अग्रज तथा भूटानी लेगेसी युवा क्लुब(Bhutanese Legacy Youth Club), भूटानी समाज – डल्लास फोर्थ वोर्थ(Organization of Bhutanese Society in DFW) र बि.सि.एस.जि(Beginners Community Support Group )का पुर्व अध्यक्षहरू क्रमसः श्री सन्त लामा, प्रकास कोइराला र नारायण सुबेदीले संयुक्तरूपमा नवनिर्वाचित अध्यक्षलाई सफत ग्रहण गराइए पछि अन्य उपस्थित कार्य समितिलाई अध्यक्षले सफत ग्रहण गराएका थिए | हाललाई संस्थाको नाम “डी.एफ.डफ्लु अमेरिकन भूटानी समाज” भनिए पनि औपचारिक नामकरण गर्न बाँकी रहेको नवनिर्वाचित अध्यक्ष श्री डेन्जोम सम्पाहंगले जानकारी गराए |
निम्नलिखित व्यक्तित्वहरू सदस्यीय समितिमा रहनु भएको छ:
१. कमल कार्की
२. रोहित सुबेदी (क)
३. रोहित सुबेदी (ख)
४. गणेश काफ्ले
५. माधव घिमिरे
६. ललित प्रधान
७. दुर्गा बुडाथोकी
८. नर दाहाल
९. हरी अधिकारी
१०. माधव पोख्रेल
११. मनिष चामलिंग
१२. मन तिवारी
१३. बि.बि सिन्चुरी
१४. एल.बि सुब्बा
१५. खेम कोइराला
१६. यदु खत्री
१७. गोविन्द तिम्सिना
१८. दिल ढुंगेल
१९. ए.के. राना सम्पाहंग
२०. नारायण सुबेदी
२१. रुद्र वाग्ले
२२. राधिका सुबेदी
२३. रबी रिमाल
२४. प्रकास कोइराला
२५. नारायण भुजेल
२६.सुदिप अधिकारी
२७. गणेश कार्की
२८. सन्त लामा
२९. सोम भण्डारी
३०. डेन्जोम सम्पाहंग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here