सिरियामा बिषालु ग्याँससहितको हमला

0
817
तस्बिरः एएफपी

२२ माघ, काठमाडौं । उत्तरी सिरियास्थित विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा सिरियाली सरकारका फौजले बिषालु ग्याँस प्रयो गरी हमला गरेको छ । हवाई आक्रमणअघि हेलिकप्टहरु उड्दा नै एक किसिमको नराम्रो गन्ध आएको स्थानीयबासी र स्वास्थ्यकर्मीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

तस्बिरः एएफपी

गन्धकै कारण श्वासप्रश्वास र आँखा पोल्ने समस्या देखिएकपछि १५ जना सर्बसाधारणलाई अस्पताल भर्ना गरिएको छ । उनिहरु क्लोरिन ग्याँसबाट पीडित बनेको चिकित्सकहरुले जनाएका छन् । सराकेब शहर नजिकैका अन्य गाउँहरूमा भएको हवाई आक्रमण छ जना मारिएका छन् । विपक्षी फौजविरुद्ध रासायनिक हतियार प्रयोग गरेको भन्ने अमेरिकी आरोपलाई सिरियाली सरकारले भने खण्डन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here