अमेरिकी शेयर मूल्यमा उच्च गिरावट

0
993
तस्बीरः बीबीसी

२३ माघ काठमाण्डौ । अमेरिकी शेयर मूल्यमा एक दशक यताकै सबैभन्दा बढी गिरावट आएको छ। ‍शेयर मूल्यमा एकै दिन ११ सय भन्दा बढी अंकले आएकी यो गिरावट आर्थिक संकटयताकै एक दिनमा सबैभन्दा ठूलो भएको बीबीसीले जनाएको छ ।

तस्बीरः बीबीसी

४.६ प्रतिशतसम्म गिरावट आएपछि सोमबार डाउ जोन्सको कारोबार बन्द भएको छ। शुक्रवार अमेरिकी श्रम मन्त्रालयले सार्बजनिक गरेको रोजगारीको संख्याले अपेक्षा गरिएभन्दा बढी तलबमा बृद्धी हुने देखिएपछि यसको असर शेयर मूल्यमा परेके आंकलन गरिएको छ । शेयर मूल्यमा देखिएको गिरावटले यसअघि सन् २००८ मा भएको गिरावटलाई उछिनेको छ। सन् २००८ को आर्थिक संकटका बेला पनि ७ सय ७७ दशमलव ६८ अंकले शेयर मूल्यमा गिरावट भएको थियो।

तस्बीरः बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here