यमनमा मानवीय अबस्था नाजुकः बिश्व खाद्य कार्यक्रम

0
777
तस्बीरःएएफपी

१५ माघ, काठमाण्डौं । यमनको बन्दरगाह शहर एडनमा शुरु भएको नयाँ युद्धले मानवीय अवस्था थप नाजुक बन्दै गएको बिश्व खाद्य कार्यक्रमले बताएको छ । एडेनमा रहेका विश्व खाद्य कार्यक्रमका अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार आन्तरिक रूपमा विस्थापित भएका मानिसहरूका कारण त्यहाँ खाद्य असुरक्षा अधिक बढेको छ ।

तस्बिरःइपीए

गृहयुद्धका पूर्व साझेदारहरू दक्षिण यमन स्वतन्त्र होस् भन्ने चाहने पृथकतावादी र साउदी समर्थित सरकारका फौजहरू बीचको युद्धमा आइतवार मात्रै कम्तीमा १० जना मारिएका छन् भने अन्य थुप्रै घाइते भएका छन् । सरकार र पृथकतावादी नेतृत्वले आफ्ना फौजहरूलाई युद्ध रोक्न आदेश दिएपनि हिंसात्मक घटनामा कमी आएको छैन । पृथकतावादीहरूले राष्ट्रपति अब्दुरअबु मन्सुर हादीलाई प्रधानमन्त्री डागर र उनको मन्त्रिपरिषद् विघटन गर्न दिएको समयावधी सकिएपछि आइतबार हिंसा भड्किएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here