अमेरिकामा नेपाल आइडल टिमको प्रस्तुती हुने

0
1646

कोलम्बस/अमेरिकाको कोलम्बसमा नेपाल आइडल कलाकारको साथमा म्युजिकल नाइट कार्यक्रम हुने भएको छ ।
मानवीय परोपकारका लागि खोलिएको संस्था हुमेन्टरियन अर्गानाइजेशन फर फिलान्थ्रोपिक इन्थुजिज्म नामक संस्थाको आयोजनामा कार्यक्रम हुने आयोजक संस्थाका कार्यकारी निर्देशक राज बरालले जानकारी दिनु भयो । कार्यक्रम यही फेव्रवरीको ९ तारिख शुक्रबारको दिन हुने बताइएको छ ।
कोलम्बसको नर्थ परफरमिङ्ग आर्टस सेन्टरको हलमा हुने कार्यक्रमबाट संकलित बचत रकमले संस्थाको अन्य गतिविधीमा लगानी गर्ने आयोजक संस्थाका अध्यक्ष चन्द्र गुरुङ्गले बताउनु भयो । संस्थाले अमेरिका पुनर्वास भएका नेपाली भाषी भूटानीका लागि नेपाली र अंग्रेजी कक्षा, नागरिकता सम्बन्धी सचेतना गोष्ठी, खेलकुद, साहित्यिक कार्यक्रम गर्दै आएको अमेरिकाबाट भूटानी विटमा कार्यरत संचारकर्मी डेविड राईले बताउनु भयो । कार्यक्रमका लागि विभिन्न दर्जाका २५ देखि ५० अमेरिकी डलर लाग्ने आयोजक समितिले जानकारी दिएको छ । नेपाल आइडल बुद्ध लामा सहित अन्य प्रतिष्पर्धी कलाकार, स्थानीय भूटानी कलाकारको प्रस्तुती रहने आयोजक समितिले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here