भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

0
1084

१२ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज आगामी साता नेपाल भ्रमणमा आउने निश्चित भएको छ । नेपाल सरकारको निमन्त्रणामा स्वराज २ दिने भ्रमणका लागि फेब्रुअरीको पहिलो साता काठमाडौं आउन लागेकी हुन् ।

नेपालमा रहंदा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री शशांक कोइराला लगायत विभिन्न दलका नेतासँग कुराकानी गर्ने तयारी गरिएको छ । स्वराजको यो भ्रमणलाई काठमाडौं र दिल्ली दुवैतिर महत्वका साथ हेरिएको छ । नेपालमा नयाँ निर्वाचन सम्पन्न भएपछि वर्तमान सत्तारुढ नेपाली कांग्रेस प्रतिपक्षमा र एमाले नेतृत्वमा रहेको वाम गठबन्धन सरकारमा जाने भएपछि नेपाल–भारत सम्बन्ध कसरी अघि बढ्छ भन्ने सर्वत्र चासो भइरहेका बेला स्वराजको नेपाल भ्रमण हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here