दक्षिण कोरियास्थित एक अस्पतालमा आगलागी ३७ जनाको मृत्यु

0
739
तस्बिरः बीबीसी

१२ माघ, काठमाण्डौं । दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३७ जना भन्दा बढीको मृत्यु भएको छ। अन्य ७० जनाभन्दा बढी घाइते भएका छन् ।

राजधानी सोउलदेखि २७० किलोमिटर दक्षिण-पूर्वमा पर्ने मिर्‍याङ शहरमा रहेको सेजोङ हस्पिटलको आपतकालिन कक्षबाट आगलागी सुरु हुँदा करिव २ सय मानिसहरु रहेको ठानिएको छ । अग्नि नियन्त्रकहरुले कयौं घण्टाको प्रयासपछि मात्र आगो निभाएको बीबीसीले जनाएको छ । दक्षिण कोरियामा एक महिना आसपासमा यो दोस्रो ठूलो आगलागी भएको अधिकारीहरुले जनाएका छन् । यसअघि डिसेम्बरमा एउटा ‘फिटनेश सेन्टर’मा आगलागी हुँदा २९ जनाको मृत्यु भएको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here