चलचित्र पद्मावत प्रदर्शनपछि भारतमा हिंसा

0
976

११ माघ, काठमाण्डौं । इतिहासलाई तोडमोड गरेर चलचित्र पद्मावत बनाइएकाले त्यसलाई रोक लगाउन माग गर्दै भारतका बिभिन्न शहरहरुमा हिंसात्मक प्रदर्शन भएका छन् । १४ औं शताब्दीकी एक हिन्दु रानी र मुस्लिम शासकको कथा समेटिएको चलचित्रमा रानीको अपमान गरेको र उनलाई उत्ताउलो बनाइदिएको भन्दै विरोध भएको छ ।

सञ्जयलिला भन्सालीको निर्माण तथा दीपिका पादुकोण र रणविर सिंहको अभिनय रहेको चलचित्रमा राजपुत जातकी हिन्दु रानी पद्मीनीको एक मुस्लिम समुदायका युवकसँगको प्रेमलाई देखाइएको छ ।कट्टर हिन्दुवादी समूह करणी सेनाको विरोध प्रदर्शनका कारण चारवटा राज्यमा यो चलचित्रको सार्वजनिक प्रर्दशनी गरिएको छैन भने पाँच हजार वटा चलचित्रघरमा भइरहेको प्रदर्शन पनि प्रभावित भएको बताइएको छ । कतिपय स्थानमा हिंसात्मक विरोध प्रदर्शन भएका छन्। बुधवार हरियाणाको गुरुग्राममा एउटा स्कुल बसमाथि ढुङ्गा प्रहार गरिएको थियो । गुरुग्रामका अतिरिक्त राजधानी दिल्ली वरपरका शहरी इलाकामा हिंसाको डरले कैयौं विद्यालय बन्द गरिएका छन्। कैयौं चलचित्रघर बाहिर सुरक्षाकर्मी तैनाथ गरिएका छन्। उत्तराखण्ड र राजस्थानमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here